बिनायक अधिकारी : ९ फेब्रिवरि २०१९

पहिलो इभेन्ट्स सफलताका साथ सम्पन्न गरेको यात्री इभेन्ट्सले दोस्रो दास्रो इभेन्ट्स भ्यालेन्टाइन डान्स पार्टि लिएर आएको छ । हामीले पहिलो पटक भएका केहि कमी कमजोरिलाइ सुधार गरेर यसपटक फरक तरिकाले गर्न लागीरहेका छौं, सकेसम्म नेपाली दाजुभाइ दिदि बहिनिहरुलाइ पूर्ण मनोरन्जन र रमाइलो गर्ने योजना रहेको इभेन्ट्स कोअर्डीनेटर सागर पौडेलले बताए । उनले कार्यक्रममा आएर रमाइलो गर्न सबै क्यानबेरा तथा क्विनबियन बासीमा अनुरोध गरेका छन् ।

यसपाली यूवाहरुमाझ चिर-परिचित गाएक नरेन लिम्बुले डान्स पार्टिमा रंग भर्नेछन् भने डिजे बिरक र डिजे शुसीलले यूवाहरु नचाउनेछन् । हिमालयन बिजनेस ग्रुपको मुख्य प्रायोजन रहेको डान्स पार्टिमा वेभ टेक सोलुसनले प्लाटिनम स्पोन्सर गरेको छ । दि ग्रीड क्याफेको गोल्डन स्पोन्सर रहेको पार्टिमा एक्सपर्ट एजुकेशन, डिएम लिगल, इपि एजुकेशन र गोल्डन स्पुन क्याफे स्पोन्सर रहेका छन् । त्यस्तै मिडिया पार्टनरको रुपमा मेरो कपुरी क डट कम, फोटोग्राफि पार्टनरमा द एअर पिक्सल र सपोटर्रका रुपमा थ्रि डि इभेन्ट्स, जेम गौली इभेन्ट्स र भरिया ग्रुप रहेका छन् । 

१५ फेब्रुवरि २०१९ का दिन बेलुका ७:३० बजेवाट बाल्थजर नाइट क्लव १७ लन्डन सर्किट क्यानबेरा सिटिमा संचालन हुने पार्टि मध्यरात सम्म चल्नेछ । पार्टि प्रवेसका लागी $२० टिकट दर राखिएको छ भने सागर 0451007949 शुसील 0452345963 र बिक्कीलाइ 0452423678 मा सम्पर्क गर्न सकिनेछ ।

B0907576-FF64-49F1-BD91-14E95D3EF716 भ्यालेन्टाइन डान्स पार्टिमा नरेन लिम्बु आउने ।

Total Page Visits: 1593 - Today Page Visits: 2
Shares