बिनायक अधिकारी : क्यानबेरा

बेलायतमा बसेर आइटि क्षेत्रमा कार्यरत नेपाली युवा उदय शिवाकोटीले एलेक्सा प्रयोगकर्ताको लागि अङ्ग्रेजीबाट नेपाली अनुवाद गर्नसक्ने आर्टिफिसयल इन्टेलिजे्स एआईको विकास गरेका छन् । 

शिवाकोटीले विकास गरेको अनुवादकको सहयोगमा मानिसहरुले सजिलै अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गर्न सक्छन् । एमजनको भर्चुअल एसिस्टेन्ट एलेक्सामा उनले नेपाली अनुवाद गर्नसक्ने प्रविधिको विकास गरेका हुन् । 

एमजनको यो उत्पादनले मानिसको आवाज सुनेर त्यसको उत्तर पनि दिन सक्छ । यो प्रविधि विकास भएसँगै एलेक्साका नेपाली प्रयोगकर्तालाई सहयोग पुग्ने विश्वास उनले गरेका छन् । उनले फेसबुक लाइभ मार्फत यो कुरा सबैलाइ लाइभ देखाएका हुन । उनले आफूले अंग्रेजी बोलेर त्यसलाइ नेपालीमा उल्था गर्न भनेका छन् उक्त डिभाइसले सहजै नेपालीमा उल्था गरेको छ । 

FA792F79-277B-469F-AD19-5494CE13E34A नेपाली यूवा उदयले बिकास गरे अंग्रेजी बाट नेपालीमा अनुवाद गर्ने सफ्टवयर ।

अमेजनको भर्चुअल एसिस्टेन्ट एलेक्साले मानिससँग आवाज सुनेर प्रतिक्रिया दिन सक्छ । यसको प्रयोग गरी मानिसले आफ्नो अर्डरको माध्यमबाट गीत सुन्ने, आफ्नो योजना बनाउने, अलार्म राख्ने, मौसम, ट्राफिक, खेललगायतको जानकारी लिने, समाचार सुन्नेजस्ता सेवा लिन  सकिन्छ । 

अहिले एलेक्साको यो हाहेम स्पिकर्सले अंग्रेजी, फ्रेन्च, इटालीयन, स्पेनिस र जापानी भाषा मात्र बुझ्छ । भर्खरै यो एमाजोन स्टोरमा लाइभ भएको छ ।


Total Page Visits: 1681 - Today Page Visits: 2
Shares