बिनायक अधिकारी; क्यानबेरा

ग्लोबलाइजेसन र टेक्नोलोजिको जमानामा चाहे के गर्न सकिदैंन र भन्ने सन्देश एनसीआरडी भन्ने संस्थाले दिएको छ । आफू आफना अभीभावक भन्दा टाढा रहेर पनि कसरि देशमा रहेका अभिभाबकको स्वस्थ राम्रो बनाउन सकिन्छ वा भनौं केहि भएको छ कि छैन भनेर कसरि थाहा पाउन सकिन्छ त्यो अवस्थाले छोरा छोरिलाइ चिन्तित बनाउने गर्छ ।

8607901C-DEA1-4D0F-A982-10FB14E54542-891x1024 अष्ट्रेलियावाट नेपालमा बुवाआमाको स्वास्थ्य उपचार।

संधैभरि आफ्ना अभिभाबकका लागि मोवाइल, चकलेट वा लत्ता कपडा भन्दा पनि स्वस्थ उपचारको लागि सहयोग गर्न सकियो भने त्यो चाही त्यो अझ राम्रो दिर्घकालिन उपहार हुन सक्छ कि भन्ने ध्येयका साथ केहि विशेषज्ञहरुले नेपालमा रहेका अभिभाबकको स्वस्थ परिक्षा तथा परामर्शको साथमा घरबाटनै लैजाने तथा पुर्याइदिने व्यवस्था सहितको ब्यबसाय संचालनमा ल्याएको कुरा अष्ट्रेलियाका सम्पर्क ब्यक्ति भुषण कक्षपतिले जानकारि दिए । उनले भने हामी अष्ट्रेलियामा छौं बुवाआमाहरु नेपालमा हुनुहुन्छ बिरामी भैहाल्नुभयो भने कसले सम्हाल्ने ? त्यसैले कमसेकम हामीले यतैबाट त्यो सबै ब्यवस्था मीलाइदिन सक्यौं भने स्वास्थ्य त राम्रो बनाउन सकियो त्यसैले हामीले यो अवधारणा ल्याएका हैं । कक्षपतिले National Center for Rheumatic Diseases (एन सी आर डी) नामक संस्था मार्फत यो सबै प्रवन्ध मीलाउने पनि जानकारि दिए ।

8607901C-DEA1-4D0F-A982-10FB14E54542-891x1024 अष्ट्रेलियावाट नेपालमा बुवाआमाको स्वास्थ्य उपचार।

उनले आफना सेवाहरु अस्ट्रेलियाको कुनैपनि कुनाबाट बुक गर्न सकिने जानकारि दिदै उक्त सामान्य तथा बिशेष गरि २ प्रकारमा राखिएको छ । सामान्य प्याकेजका लागि १२० डलर तथा बिशेष प्याकेजका लागि १८० तोकिएको छ भने दुवै सेवाका लागि अभिभाबकलाइ घरबाट लाने तथा पुर्याउने व्यवस्था मिलाइएको कमरा पनि भुषण कक्षपतिले जानकारि दिए ।
सिड्नीमा रहनुभएकाहरुले भुषण कक्षपतिलाइ ०४३११४५५९६ मा सम्पर्क गर्न सकिनेछ भने ब्रिसबेनबाट ०४२४२५५४५९ मा पियुष राजभण्डारीलाइ सम्पर्क गरेर नेपालका लागी बुकिङ्ग गर्न सकिने कक्षपतिले जानकारि दिए । सामान्य स्वास्थ्य परिक्षण प्याकेजमा कम्प्लिट ब्लड काउन्ट, लिभर फंग्सन टेस्ट, किड्नी फंग्संग टेस्ट, लिपिड प्रोफाइल, थाईरोड फंग्संग टेस्ट, छातीको यक्सरे, पिसाब परिक्षण, यूरिक यसिड, ब्लड सुगर, इ सी जी तथा परामर्श समेत सेवा प्रदान हुने कुरा कक्षपतिले बताए ।

8607901C-DEA1-4D0F-A982-10FB14E54542-891x1024 अष्ट्रेलियावाट नेपालमा बुवाआमाको स्वास्थ्य उपचार।


अन्य थप जानकारीका लागि http://www.ncrd.com.np तथा ncrdaus@gmail.com मा इमेल गरेर पनि बुझ्न सक्नुहुनेछ ।

Total Page Visits: 2699 - Today Page Visits: 1
Shares