क्यानबेरामा नेपालीले देखाए देशको सान ।

बिनायक अधिकारी : १६ फेब्रुवरि २०१९

अष्ट्रेलियाको राजधानि क्यानबेरामा फेब्रुवरि १५, १६ र १७ गतेका दिन मल्टिकल्चरल फेष्टिवल चलिरहेको छ । नेपालले पनि देशको प्रतिनिधित्व गरेर आफनो स्टल राखेर नेपाल बारे बिभिन्न जानकारि मुलक पर्चा, पम्प्लेट र पोष्टरहरु बितरण गरेको थियो । अन्य देशहरुमा हेर्दा हामीले अझै नेपाली राष्ट्रिय पोशाक, सॉंस्कृतिक बाजा गाजाहरु र अन्य नेपाली पहिचान प्रत्यक्ष रुपमा स्टलमा देख्न नपॉंउदा भने केहि खल्लो देखियो तर पक्कै पनि यसबर्षका कमी कमजोरि सच्याएर अव अर्को साल  नेपाली दुताबासले सुधार गर्ने कुरामा हामी आशाबादि छौं ।

07B483EC-2B9F-404F-87E6-23EC79942035-1024x768 मल्टिकल्चरल फेष्टिवलमा नेपालको झण्डा ।
नेपाली दुताबास परिवार

पच्चीस वटा देशले भाग लिएको परेडमा नेपालको सहभागीता पनि उल्लेख्य रह्यो । दौरा सुरुवाल र टोपिमा सजिएका पुरुष र बिभिन्न जात जातिका पोशाकमा सजिएका महिलाहरु कम्ता आकर्षक थिएनन । क्यानबेराको मुख्य शहरमा भएको परेडमा हजारौंका संख्यामा बाटोमा उभीएर स्वागत गरिरहेका भीडवाट नेपालको प्रतिनिधित्व गर्दा साच्चै गर्नेले छाति ढक्क फुल्ने रहेछ । सयजना भन्दा बढिको नेपाली उपस्थितिले पनि अझै खुसी बनाएको छ । परेडमा हिड्दै गर्दा नेपाली राष्ट्रिय गीत सहित अन्य थुप्रै गीत गॉंउदै नाच्दै रमाउदै हिडेका थिए । 

07B483EC-2B9F-404F-87E6-23EC79942035-1024x768 मल्टिकल्चरल फेष्टिवलमा नेपालको झण्डा ।

नेपाली दुताबास क्यानबेराको सहकार्यमा एनआरएनए, अष्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटि, क्यानबेरा नेपलिज फुटवल क्लव, क्यानबेरा नेपलिज भलिवल क्लव, क्यानबेरा नेपलिज क्रिकेट क्लव, कला संस्कृति क्यानबेरा, मेरो कपुरी क डट कम र सिएमएस रेडीयोले सहयोग गरेका थिए । परेडको अन्त्यमा कार्यवाहक राजदूत दुरपदा सापकोटाले यसपालीका कमी कमजोरि सुधार गरेर अर्को साल बाजा गाजा साथै झॉंकिहरुको ब्यवस्था गर्न आफनो प्रयास बताउदै सहयोगी संघ संस्था तथा आम नेपालीहरुलाइ धन्यवाद दिनुभएको थियो । परेड ग्लीव पार्कवाट शहरको मुख्य भागमा हिड्दै प्रदर्शन स्थलमा पुगेर समापन भएको थियो ।

07B483EC-2B9F-404F-87E6-23EC79942035-1024x768 मल्टिकल्चरल फेष्टिवलमा नेपालको झण्डा ।
07B483EC-2B9F-404F-87E6-23EC79942035-1024x768 मल्टिकल्चरल फेष्टिवलमा नेपालको झण्डा ।
07B483EC-2B9F-404F-87E6-23EC79942035-1024x768 मल्टिकल्चरल फेष्टिवलमा नेपालको झण्डा ।
07B483EC-2B9F-404F-87E6-23EC79942035-1024x768 मल्टिकल्चरल फेष्टिवलमा नेपालको झण्डा ।
07B483EC-2B9F-404F-87E6-23EC79942035-1024x768 मल्टिकल्चरल फेष्टिवलमा नेपालको झण्डा ।

Total Page Visits: 1649 - Today Page Visits: 1
Shares