बिनायक अधिकारी : १८ फेब्रुवरि २०१९
क्यानबेरामा हरेक बर्ष हुने बहुसॉंस्कृतिक मेलामा एस बर्ष पनि एएनएफएसको संयोजकत्वमा सहभागी भएको छ । क्यानबेरामा जति नेपालीहरुको उपस्थिति बाक्लिदैं गएपनि सहभागी हुन चाहनेहरुको संख्या भने न्यून छ । यसपटक पनि सोचेजस्तो सहभागीता नभएको सुन्नमा आएको छ तर क्यानबेरामा भएदेखिनै सांस्कृतिक कार्यहरुमा आफनो उपस्थिति राख्दै आउनुभएकाहरुवाटै यसबर्ष पनि कार्यक्रमको निरन्तरता पायो ।
![[Tags] 44F697D4-3806-4055-AA89-CF82486681B0 बहुसॉंस्कृतिक मेलामा जोगॉंउदै नेपाली संस्कृति](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/02/44F697D4-3806-4055-AA89-CF82486681B0.jpeg?resize=640%2C853&ssl=1)
क्यानबेराका स्टेजहरुमा पहिल्यै देखि देखिदै आउनुभएका कुमार केसी, पुष्पा केसी, संझना सापकोटा, चुडामणी सापकोटा, अशोक बस्नेत, आस्था ढुंगाना, अन्जना खनिया, राधा सापकोटा ले आफना बिभिन्न प्रस्तुति दिनुभएको थियो । कार्यक्रम फेब्रुवरि १६ सनिवारका दिन स्टेज नं २ मा मध्याह्न १:५-१:२० बजे सम्म भएको थियो ।
![[Tags] 44F697D4-3806-4055-AA89-CF82486681B0 बहुसॉंस्कृतिक मेलामा जोगॉंउदै नेपाली संस्कृति](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/02/19D10F86-2D89-4495-B39C-B66803EBEC7E.jpeg?resize=640%2C853&ssl=1)
बहुसॉंस्कृतिक मेलामा बिभिन्न देशका संस्कृतिक प्रदर्शनी नृत्य, पहिरन, खानेकुराहरु र गीतसंगीत मार्फत चिनाइने चलन छ । नेपालले पनि यस बहुसांस्कृतिक मेलामा आफनो सहभागीता जनॉंउदै आएको छ । हामी नेपालीहरु बहुसॉंस्कृतिक भएर पनि क्यानबेरामा उपस्थिति न्यून हुनु भने निराशाजनक कुरा हो । हामी सबै देशका प्रतिनिधित्व हुने कुरामा नचुकौं ।
![[Tags] 44F697D4-3806-4055-AA89-CF82486681B0 बहुसॉंस्कृतिक मेलामा जोगॉंउदै नेपाली संस्कृति](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/02/B9974149-C697-4FD1-BE1A-4B7E921D99DD.jpeg?resize=640%2C853&ssl=1)
कार्यक्रममा सहयोग गर्ने नेपाली दुतावास, कलाकारहरु र अन्य सहयोगी ब्यक्ति तथा संघ संस्थालाइ एएनएफएसका अध्यक्ष जीवन रानाले धन्यवाद दिनुभएको छ ।
![[Tags] 44F697D4-3806-4055-AA89-CF82486681B0 बहुसॉंस्कृतिक मेलामा जोगॉंउदै नेपाली संस्कृति](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/02/BEF841CB-C67C-43DC-AE16-629EB785316C.jpeg?resize=640%2C480&ssl=1)