बिनायक अधिकारी : १७ फेब्रुवरि २०१९
क्यानबेरामा हिमालयन बिजनेस ग्रुपको शाखा खुलेको धेरै भएको छैन तर यसका सामाजिक क्रियाकलाप र सहयोगी संस्था भएकै कारण दाम संगै नाम कमाउन पनि सफल भएको हो । क्यानबेरामा अन्य थुप्रै कन्सल्ट्यान्सी छन् तर हिमालयन बिजनेसमा जति चहलपहल अन्यत्र नभएको देखिएको छ ।
सामाजिक काममा सक्रिय
क्यानबेराको नेपाली समाज आउ काम गर भन्ने खालको छ त्यसैले सामाजिक कार्यहरुमा म पनि अग्रसर भएं र संस्थागत सहयोग पनि गर्दै गयौं । हिमालयन बिजनेसको मुख्य सुत्र भनेको service before self हो त्यसैले हामीले ब्रिसबेनमा पनि समाजसंगै मीलेर हिडेका छौं र अव खोलिने नयॉं शाखाहरुमा पनि संगै हिड्ने हाम्रो सोच छ हिमालयन बिजनेसका क्यानबेराका डिरेक्टर आदर्श जंग पाण्डेले भन्नुभयो । हामीले क्यानबेरामा हुने प्राय कार्यक्रमहरुमा सहयोग गरेका छौ कुनैमा मुख्य प्रायोजन गरेका छौं भने कुनैमा प्रायोजन गरेका छौं जे होस हाम्रो मान्यता हामी संगै समाज भन्ने पनि हो ।
![[Tags] 58D9F144-0837-4D70-9DE3-DF3D5C20DE95-1024x683 ब्यवसाय संगै समाजसेवामा हिमालयन बिजनेस ग्रुप](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/02/58D9F144-0837-4D70-9DE3-DF3D5C20DE95.jpeg?resize=640%2C427&ssl=1)
हाल हिमालयन बिजनेस ग्रुपले सिआइटि को बैधानिक एजेन्ट बनेको छ भने यूनिवर्सिटी अफ क्यानबेराको पनि लिने प्रकृयामा रहेको छ । हामी ठुलो बैधानिक एजेन्ट भएकोले र हामी सिधै यहॉंको समाजसंग जोडिएकाले पनि पनि हामीलाइ राम्रो सेवा र सहयोग गर्ने मौका मिलेको छ । हामीले गर्ने कार्यक्रममा सिआइटि र यूसीका सम्वन्धित ब्यक्तिहरु पनि आएर समुदायको सहभागीता देख्ने हुनाले पनि हामीलाइ काम गर्न सजिलो भएको छ पाण्डेले बताउनुभयो
ब्रान्चको हिसावमा पाचौं ।
ब्रिसबेनवाट सुरु भएको हिमालयन ग्रुपको शाखा हाल पाचौं पुगेको छ । भर्खरै मात्रै पाचौं शाखाको रुपमा होवार्टमा नयॉं शाखा खुलेको हो भने यो भन्दा अघि क्यानबेरा, काठमाडौं र चितवनमा खुलीलकेको छ । अवको योजना भनेको डार्बिनमा ब्रान्च खोल्ने रहेको छ । नेपाली र अन्य देशका बिध्यार्थीहरुले गुणस्तरिय सेवा नपाएका हुनाले सहयोग गर्ने चारजना रजिस्ट्रर माइग्रेसन एजेन्ट राखेका छौं उहॉंहरुले राम्रो सेवा दिनुभएको छ ।
क्यानबेरामा थप योजना
क्यानबेरामा धेरै कलेज र ट्रेनिगं गर्ने ठॉंउ नभएकाले धेरै जना सिड्नी जाम पर्ने भएको हुनाले पनि २०२० सम्ममा कलेज सेवा सुरु गर्ने र संगै एजेंडा केयर संगै डिस्याबिलिटि कोर्स, फस्ट एड पनि खोल्ने योजनामा रहेको छ । हामीहरुसंग हामीसंग सम्वन्धित रहेका ३५० जना बिध्यार्थीहरुको एउटा ग्रुप छ जसमा काम खोज्न, घर खोज्न र भइपरि आउने सर सहयोग भइरहेको छ । जुन ग्रुपवाट एक अर्काले सर सहयोग गरिरहेका छन् हिमालयन बिजनेस क्यानबेराका अर्का डिरेक्टर मान तामागंले बताउनुभयो । संगै क्यानबेरामा अवसर भन्ने पेजवाट पनि धेरै सर सहयोग भइरहेको आदर्श जंग पाण्डेले बताउनुभयो ।
![[Tags] 58D9F144-0837-4D70-9DE3-DF3D5C20DE95-1024x683 ब्यवसाय संगै समाजसेवामा हिमालयन बिजनेस ग्रुप](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/02/64503AEC-CE1D-4B34-83BA-409E747F8EEB.jpeg?resize=640%2C427&ssl=1)
राजु अधिकारी समाबेस
पेशाका हिसावले इन्जिनियर राजु अधिकारीको १५ बर्ष भन्दा बढि शैक्षिक परामर्शमा अनुभव छ । धेरै बिषयमा ज्ञान र यूनिवर्सिटीमा सिधै पहुँच राख्ने राजुअधिकारीवाट धेरै कुरा सिक्नु पर्ने र यस्तो मानिस हिमालयन बिजनेसले खोजेको हुनाले समूहमा आवद्ध गरेको कुरा आदर्शजंग पाण्डेले बताउनु भयो ।
पुनम पन्तको नेतृत्वमा होवार्ट शाखा
२७ बर्ष भन्दा बढि अष्ट्रोलियामा बस्नुभएको पुनम पन्तको कलेज देखि सरकारी तहमा काम गरेको अनुभव छ । उहॉं सामाजिक भएको हुनाले पनि समाजमा राम्रो पहुँच छ र सहयोग पनि छ त्यसैले उहॉं हिमालयन बिजनेस ग्रुप होवार्टको डिरेक्टर बन्नु भएको छ ।
![[Tags] 58D9F144-0837-4D70-9DE3-DF3D5C20DE95-1024x683 ब्यवसाय संगै समाजसेवामा हिमालयन बिजनेस ग्रुप](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/02/19DDE12A-580E-4D56-8640-2CC658AF0FB8.jpeg?resize=640%2C452&ssl=1)
मेरो कपुरी क संगको सम्पर्कमा हिमालयन बिजनेस ग्रुपका संस्थापक प्रविन भण्डारिले हामीले सिक्दै आएको ज्ञान, सीप र अनुभवलाइ सहि सूचना मार्फत समाजमा दिन सकेको हुनाले हामी छिट्टै सबैजनाको मन मुटुमा बस्न सकेका छौं र क्यानबेरा शाखाले समुदायमा बेग्लै छाप छोड्न सकेको हुनाले पनि छिट्टै समुदायकै अब्वल स्थानमा आउन सफल भएको कुरा बताउनुभयो । उहॉंले ब्यवस्थित रुपमा सुबिधा सम्पन्न भइ राम्रा माइग्रेसन एजेन्ट राखेर सुबिधा दिएको हुनाले पनि क्यानबेरा शाखा बिध्यार्थी र अन्य ब्यक्तिहरुको प्रिय बनेको छ यसमा हामी खुसी छौं र अझै धेरै अघि बढ्नु छ त्यसैले हामी हाम्रा सबै शाखाका सेवाहरु अझै राम्रो बनाएर संस्थालाइ जीवन्त बनाउने प्रयासमा छौं ।
![[Tags] 58D9F144-0837-4D70-9DE3-DF3D5C20DE95-1024x683 ब्यवसाय संगै समाजसेवामा हिमालयन बिजनेस ग्रुप](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/02/90DBDDC4-3633-4BAF-B5B9-0777F4053824.jpeg?resize=640%2C416&ssl=1)
![[Tags] 58D9F144-0837-4D70-9DE3-DF3D5C20DE95-1024x683 ब्यवसाय संगै समाजसेवामा हिमालयन बिजनेस ग्रुप](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/02/DDC260FD-55E1-4334-A96B-F2322A6ABA0F.jpeg?resize=640%2C385&ssl=1)
![[Tags] 58D9F144-0837-4D70-9DE3-DF3D5C20DE95-1024x683 ब्यवसाय संगै समाजसेवामा हिमालयन बिजनेस ग्रुप](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/02/43D7D0E7-1468-42F5-92ED-247AE72D56E6.jpeg?resize=640%2C257&ssl=1)