बिनायक अधिकारी : २५ फेब्रुवरि २०१९

अन्तराष्ट्रिय रुपमा नेपालवाट जिवनका बिभिन्न भोगाइहरु, तनावबाट मुक्ति, समयको ब्यवस्थापन, कसरि खुसी र शुखी रहने र योगा सहित बिभिन्न ज्ञान बारे प्रवचन दिनुहुने डा चिन्तामणि योगीद्वारा क्यानबेरामा प्रवचन सम्पन्न भएको छ । 

48FAF165-38FF-4024-BC9C-242FDF83F255-1024x768 डा चिन्तामणि योगीका बिचारले अघाएनन् क्यानबेराबासी ।
ध्यान मुद्रामा डा योगी

क्यानबेराको ह्यारिसन स्कुलमा फेब्रुवरि २४ आइतवार ३-५ बजेसम्म भएको भेटघाटमा चालिसजनाको उपस्थिति रहेको थियो । उहॉंले छोटो समयमा पनि कसरि खुसी रहने र परिवारलाइ कसरि खुसी राख्ने, भोलि के हुन्छ थाहा हुदैन त्यसैले भोलि नकुर्ने र खुसी हुन हर संभव प्रयास गर्ने बारे ज्ञान दिनुभएको थियो । समयको पावन्दिले गर्दा धेरै ज्ञानका कुराहरु सुन्न नपाएकोमा क्यानबेराबासीको मन खिन्न देखिएको थियो । गुरुको अर्को बर्ष अष्ट्रेलिया ऑंउदा समय मीलाएर क्यानबेरा आउने र आफूले सक्दो जिवन ज्ञानका कुराहरु दिने आश्वासन दिनुभएको छ । 

48FAF165-38FF-4024-BC9C-242FDF83F255-1024x768 डा चिन्तामणि योगीका बिचारले अघाएनन् क्यानबेराबासी ।
प्रवचन दिदै योगी

क्यानबेरामा प्रदीप तिमील्सीना, बिनायक अधिकारी, राजेश भण्डारी र बिनोदराज घिमिरेले यो कार्यक्रम संयोजन गरेका थिए भने कार्यक्रममा एनआरएनए एसीटिका संयोजक राजन ढुंगेल, एएनएफएसका अध्यक्ष जीवन राना, डा दुर्गादत्त कणेंल सहित बुवा आमाहरुको उपस्थिति रहेको थियो । आयोजकका तर्फवाट प्रदीप तिमील्सीनाले हल सहयोग सहित सबै उपस्थित महानुभावहरुलाइ धन्यवाद दिनुभएको थियो ।

48FAF165-38FF-4024-BC9C-242FDF83F255-1024x768 डा चिन्तामणि योगीका बिचारले अघाएनन् क्यानबेराबासी ।
सामूहिक फोटो

Total Page Visits: 1564 - Today Page Visits: 4
Shares