बिनायक अधिकारी : २५ फेब्रुवरि २०१९
अष्ट्रेलियाको राजधानि क्यानबेरामा पछिल्लो समयमा खेलकुदमा सक्रिय हुनेहरुको संख्या बढ्दै गएको छ । फुटवल, भलिवल संगै क्रिकेट क्लवले संस्थागत रुपमा आफुलाइ निक्कै अव्वल बनॉंउदै लगेको छ । क्यानबेरामा लिग खेलमा प्रबेश गरेको क्रिकेट क्लव यो सिजनको लिग तालिकामा धेरै खेल जितेर पोइन्टको आधारमा सबैभन्दा माथी छ । लगभग सेमीफाइनलको यात्रा तय गरिसकेको नेपाललाइ अझै धेरै गर्नुपर्ने छ र चुनौति पनि त्यत्तिकै छन् । अध्ययन, काम र घर ब्यवहार सबै मीलाएर क्रिकेट खेल्नुपर्ने हुन्छ । कहिलेकॉंहि खेलाडी पुर्याउन पनि धौ धौ हुन्छ तर पनि कसरि हुन्छ भनेर लागीरहेका छन् क्रिकेट क्लवका पदाधिकारीहरु ।
![[Tags] D86F63A3-D1FE-4D4E-9280-3712F6D6ADC4-1024x576 क्यानबेरा नेपलिज क्रिकेट क्लवले पायो वल्डकप खेलेका खेलाडी ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/02/D86F63A3-D1FE-4D4E-9280-3712F6D6ADC4.png?resize=640%2C360&ssl=1)
लिग संगै नेपालले टि ट्वान्टि खेल पनि खेलिरहेको छ, टि ट्वान्टिमा नेपाल सहित भारत, पाकिस्तान, न्यूजील्याण्ड सहित अन्य मुलुकहरु पनि छन् । अव क्यानबेरा नेपलिज क्रिकेट टिमले लगातार गेमहरु खेल्ने छ । अवको गेम ३ मार्च का दिन अमारो क्रिकेट मैदानमा अष्ट्रोलिया संग खेल्नेछ ।
![[Tags] D86F63A3-D1FE-4D4E-9280-3712F6D6ADC4-1024x576 क्यानबेरा नेपलिज क्रिकेट क्लवले पायो वल्डकप खेलेका खेलाडी ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/02/7364BEF7-FB61-4FF7-A40D-AB7C6092B7C3.png?resize=640%2C360&ssl=1)
क्रिकेट क्लवमा खेलाडीहरु आउने जाने क्रम चलिरहेको छ, यसैमा नेपालको अण्डर १९ राष्ट्रिय टिमवाट ३ पटक वल्डकप खेलेका प्रेम चौधरी क्लवले पाएको छ । क्लवका ब्यवस्थापक राजु अधिकारी र का बा टिम कप्तान बसन्त भट्टले क्लवको टोपि प्रदान गरेर चौधरिलाइ क्लवमा स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा प्रायोजकका तर्फवाट हिमालयन बिजनेस ग्रुप क्यानबेराका डिरेक्टर आदर्शजंग पाण्डेले प्रेम चौधरिलाइ भिसा सम्वन्धि काम $३०००.०० बराबरको रकम नलिने घोषणा गर्नुभयो भने क्लवबाट खेल्ने अन्य क्रिकेट खेलाडीलाइ भीषा सम्वन्धि लाग्ने रकमको ५०% छुट दिने घोषणा गर्नुभयो ।
क्लवका ब्यवस्थापक राजु अधिकारीले हरेक चुनौतिहरुको सामना गर्दै क्लवलाइ यो अवस्था सम्म ल्याइपुर्याउन सहयोग गर्ने सबै खेलाडीहरु, प्रायोजक र सहयोगी संघ संस्थालाइ धन्यवाद दिनुभएको थियो ।
![[Tags] D86F63A3-D1FE-4D4E-9280-3712F6D6ADC4-1024x576 क्यानबेरा नेपलिज क्रिकेट क्लवले पायो वल्डकप खेलेका खेलाडी ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/02/1EABBCE1-5DDB-4DA4-A2CA-E8C6FE3A98F0-1024x768.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] D86F63A3-D1FE-4D4E-9280-3712F6D6ADC4-1024x576 क्यानबेरा नेपलिज क्रिकेट क्लवले पायो वल्डकप खेलेका खेलाडी ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/02/4A8A6070-1694-4F9F-BB9F-D4D5A74B2C11.jpeg?resize=640%2C480&ssl=1)
फोटो सौजन्य : सौरभ फोटोग्राफी ।