बिनायक अधिकारी : ९ मार्च २०१९

क्यानबेरामा चलिरहेको पॉंचौं तहको लिग क्रिकेटमा क्यानबेरा नेपलिज क्रिकेट क्लव (सिएनसिसि) फाइनलमा प्रवेश गरेको छ । पहिलो ब्याटिगं गरेको सिएनसिसिले निर्धारित चालिस ओभरको खेलमा छ विकेटको क्षतिमा २७४ रन जोडेको थियो । यो बिशाल योगफल तयार गर्न ओपनिगं ब्याट्सम्यान शुसान्तले १०२ रन बनाए भने तेस्रो नम्बरमा प्रवेस गरेका कप्तान आशीष देवकोटाले ८६ रनको योगदान गरे त्यस्तै सन्तोषले ३४ र सहिलले २१ रनको योगदान दिए ।

8848DC65-D001-4E2D-91E7-3D7958DE9B28-1024x768 क्यानबेरा नेपलिज क्रिकेट क्लव फाइनलमा ।

दोस्रो पारिमा ब्याटिगं गरेको उड डक्सले ७० रनमा अल विकेट भए । राम्रो बलिंग गरेको सिएनसिसिका सन्तोष धामीले ५ ओभर बलिंग गरेर ४ विकेट लिन सफल हुदॉं मात्रै ७ रन खर्चिए भने बिशाल पछाइले १.२ ओवर बलिंग गरेर २ विकेट लिएर एक रन पनि दिएनन । आजको सेमीफाइनल खेल हेर्न क्यानबेरा तथा क्विनबियनका नेपालिहरु, एनआरएनए क्यानबेराका संयोजक राजन ढुंगेल, एएनएफएसका अध्यक्ष जिवन राना, डा दुर्गादत्त कणेंल सहित धेरैको उपस्थिति रहेको थियो । खोलाडीहरुलाइ दर्शकहरुले हुटिगं गरेर प्रोत्साहन गरेका थिए । खेलका बिचमा सबैलाइ बारबिक्यू गरेर खाजा पानिको प्रवन्ध गरिएको थियो । 

8848DC65-D001-4E2D-91E7-3D7958DE9B28-1024x768 क्यानबेरा नेपलिज क्रिकेट क्लव फाइनलमा ।

अवको खेल मार्च १६ सनिवारका दिन हुनेछ यसका लागी सिएनसिसिले खेलाडीको हौसला बढाउन सबैलाइ खेल मैदान आउन सिएनसिसिका ब्यवस्थापक राजु अधिकारीले गरेका छन् । सिएनसिसिलाइ हिमालयन बिजनेस ग्रुपले मुख्य प्रायोजन गरेको छ । आजभएको सेमी फाइनल खेलको म्यान अफ दि म्याच आशीष देवकोटा, बेष्ट ब्याट्सम्यान शुसान्त र बेष्ट बलर सन्तोष धामीलाइ मल्टि डाइनामिक क्यानबेराले पुरस्कार प्रदान गरेको थियो । खेल यरालुम्ला नेवरहुड ओवलमा १२ बजेदेखि संचालन भएको थियो ।

8848DC65-D001-4E2D-91E7-3D7958DE9B28-1024x768 क्यानबेरा नेपलिज क्रिकेट क्लव फाइनलमा ।

Total Page Visits: 2641 - Today Page Visits: 1
Shares