बिनायक अधिकारी : १४ अप्रिल २०१९

हिजो अप्रिल १३ का दिन क्यानबेराको यारालुम्लाको वेष्टर्न पार्कमा गरिएको नयॉंबर्ष शुभकामना आदान-प्रदान तथा बारबिक्यू कार्यक्रम भब्य भएको छ । क्यानबेरा तथा क्विनबियन क्षेत्रका सम्पूर्ण नेपालीहरुलाइ निमन्त्रणा गरिएको कार्यक्रममा ३०० भन्दा बढिको सहभागीता रहेको थियो ।

09CC4A3B-A5C2-48CE-82AA-52372FE752A6-1024x768 क्यानबेरामा नयॉं बर्ष भेटघाटमा भब्य जमघट ।

बिहानैदेखि खटिएका यूवाहरु कार्यक्रमलाइ सकेसम्म ब्यवस्थित बनाउन प्रयासरत देखिन्थे । नेपालवाट घुम्न आउनुभएका बुवा आमा देखि भर्खरै क्यानबेरा आउनुभएका बिध्यार्थी भाइबहिनिहरु पनि कार्यक्रममा रमाइरहेको देखिएको थियो । कार्यक्रममा क्यानबेरामा रहेका सबै सामाजिक तथा खेलकुदका संस्थाहरुको परिचय संस्थाका प्रतिनिधिहरुले गरेर संस्थाका कार्यक्रम र योजनामा बारेमा सबैलाइ जानकारि गराइएको थियो भने क्यानबेराका अभीभावक तथा अग्रज डा कृष्ण हमालले आफनो क्यानबेरा बसाइको संझना दिलाउनुभएको थियो । कार्यक्रम नाच गान सहित रमाइलो गरिएको थियो भने बालबाल्काहरुका लागी फेस पेन्टिंग पनि गरिएको थियो । कार्यक्रमों लागी सिड्निवाट भीष्म भणाडारिको पनि उपस्थिति रहेको थियो । कार्यक्रम क्यानबेराका यूवाहरु चुडामणी सापकोटा, राजु अधिकारी र चन्द्र तिवारीले आयोजना गर्नुभएको थिए । आयोजक मध्येवाट चुडामणी सापकोटाले सबै सहयोगी साथीहरु र उपस्थित सबैलाइ धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

09CC4A3B-A5C2-48CE-82AA-52372FE752A6-1024x768 क्यानबेरामा नयॉं बर्ष भेटघाटमा भब्य जमघट ।
09CC4A3B-A5C2-48CE-82AA-52372FE752A6-1024x768 क्यानबेरामा नयॉं बर्ष भेटघाटमा भब्य जमघट ।
09CC4A3B-A5C2-48CE-82AA-52372FE752A6-1024x768 क्यानबेरामा नयॉं बर्ष भेटघाटमा भब्य जमघट ।
09CC4A3B-A5C2-48CE-82AA-52372FE752A6-1024x768 क्यानबेरामा नयॉं बर्ष भेटघाटमा भब्य जमघट ।
09CC4A3B-A5C2-48CE-82AA-52372FE752A6-1024x768 क्यानबेरामा नयॉं बर्ष भेटघाटमा भब्य जमघट ।

Total Page Visits: 1395 - Today Page Visits: 1
Shares