२९ जनबरि २०१८ : क्यानबेरा :- क्यानबेरामा स्वास्थ्य तथा योग सिबिर सम्पन्न भएको छ । अष्ट्रेलिया नेपाल फ्रेणडसीप सोसाइटिको आयोजनामा सम्पन्न भएको सिबिरमा बिश्व शान्ति दुत त्यो योग गुरु आचार्य राजन शर्माले योग तथा दैनिक जिवनमा पालना गर्नुपर्ने स्वास्थ्य नियमका बारेमा प्रवचन दिनुभएको थीयो ।

अष्ट्रेलिया जस्तो दैनिक ब्यस्त रहनुपर्ने मुलुकमा बसेर हामीले स्वास्थ्यमा ध्यान नदिदा के कस्ता समस्या हरु हुन्छन् र तिनको समाधान कसरि गर्ने भन्ने कुरा पनि स्पष्ट गर्नु भएको थीयो । प्रवचन पश्चात योगा ब्यायामका तरिकाका जानकारि दिनुभएको थीयो । अन्त्यमा दिब्य ज्ञानले सबैलाइ सकारात्मक सोच राख्न प्रेरणा दिनुभएको थीयो । कार्यक्रममा नेपाली दुतावास उपनियोग प्रमुख राजेन्द्र पाण्डे, एएनएफएस का अध्यक्ष जीवन राना, डीडी कणेल लगाए अन्य थुप्रै ब्यक्तिहरुको उपस्थिति रहेको थीयो ।

6CC5A84A-9845-441D-A25E-7FE4404B8901-300x225 क्यानबेरामा स्वास्थ्य तथा योग सिविर सम्पन्न ।

 

Total Page Visits: 2026 - Today Page Visits: 2
Shares