बिनायक अधिकारी :- १५ में २०१९
क्यानबेरा नेपाली समुदाय र अष्ट्रेलियाको संघिय निर्वाचनमा बिन (टग्रनन, उडन, वेष्टर्न क्रिक र मलंगो भ्याली) क्षेत्रका लेवर पार्टिका उमेदवार तथा पूर्व सिनेटर डेविड स्मीथ बिच भेटबार्ता सम्पन्न भएको छ । उक्त भेटमा नेपाली समुदायले अष्ट्रेलिया र क्यानबेरा भोग्नुपरेका समस्याको जानकारि गराइएको थियो ।
![[Tags] 1A345A72-1D9A-4A76-91CA-5B7189A516DE-1024x768 क्यानबेरा नेपाली समुदाय र लेवर पार्टिका उमेदवार डेबिड स्मीथ बिच भेटघाट सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/05/1A345A72-1D9A-4A76-91CA-5B7189A516DE.jpeg?resize=640%2C480&ssl=1)
भेटमा बिध्यार्थीहरुले अध्ययन संगै काम गर्न दिइएको साप्ताहिक २० घण्टालाइ बढाउन अनुरोध गरिएको थियो । त्यस्तै नेपालीहरुले अष्ट्रोलियालाइ गरेको सहयोगको बापत अष्ट्रेलियन सरकारवाट खासै सहयोग नभएको, बुवाआमाहरुको भीजा सुल्क महंगो भएको, बिध्यार्थी र बुवाआमाहरुको मृत्यु भएको खण्डमा मृत सरिर नेपाल पठाउन महंगो भएको, बिना अत्याधिक महंगो भएको, १९० भीजाको सम्वन्धमा, नागरिकता लिन लाग्ने समयावधि धेरै लामो भएको लगाएत दैनिक जीवनयापन सम्वन्धमा कुराहरु भएका थिए । उक्त कुराहरु पश्चात डेबिडले आफूले सकेसम्म सम्भव भएका कुराहरुमा सहयोग गर्ने बचन दिनुभएको छ । डेबिडले नेपालीहरुले आफूहरुलाइ एउटा कम्यूनिटी हल आवस्यक रहेको प्रश्तावमा कतै खाली जग्गाहरु भएमा भवन बनाउका लागी आफनो र आफनो पार्टिको सहयोग रहने कुरा जानकारि दिनुभएको थियो । भेटघाटमा बिभिन्न प्रश्न गरेर लेनर पार्टिको अलका नेपालीहरुलाइ हेर्ने दृष्टिकोणका बारेमा बुझिएको थियो ।
![[Tags] 1A345A72-1D9A-4A76-91CA-5B7189A516DE-1024x768 क्यानबेरा नेपाली समुदाय र लेवर पार्टिका उमेदवार डेबिड स्मीथ बिच भेटघाट सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/05/FD90D0DE-1CF9-4136-A4F4-07BDF526FDFC.jpeg?resize=640%2C480&ssl=1)
उक्त भेटमा नेपालीहरुका तर्फवाट डा कृष्ण हमाल, जीवन राना, अशोक बस्नेत, चुडामणी सापकोटा, बिक्रम सुबेदी, आदर्शजंग पाण्डे, खुश्वु न्यौपाने, नीरज गौली र ललीत मल्ल हुनुहुन्थ्यो भने यो सबै भेटघाटको बन्दोबस्त राजु अधिकारीले गर्नुभएको थियो ।
![[Tags] 1A345A72-1D9A-4A76-91CA-5B7189A516DE-1024x768 क्यानबेरा नेपाली समुदाय र लेवर पार्टिका उमेदवार डेबिड स्मीथ बिच भेटघाट सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/05/3619567F-75E9-4A5F-A20F-4D915DF21A26.jpeg?resize=640%2C480&ssl=1)
https://www.facebook.com/kapurika/videos/649494622160242?sfns=mo