बिनायक अधिकारी : २३ में २०१९
सिधा कुरा जनतासंग कार्यक्रमबाट चर्चित बनेका कार्यक्रम प्रश्तोता रबि लामीछाने क्यानबेरा आउने पक्का भएको छ । लामिछानेलेक्यानबेरा क्षेत्रका नेपालीहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा कुनै शुल्क लाग्ने नभएता पनि उपस्थित बुनता लागी निरज गौली, राजु अधिकारी र आदर्शजंग पाण्डे मध्ये एकजनालाइ फोन वा म्यासेज गरेर उपस्थितिको लागी अनुरोध गर्न सकिन्छ । कार्यक्रममा बिभिन्न ब्यवहारिक कारणहरुले गर्दा सिमित उपस्थिति राखिएको हुनाले सम्पर्क ब्यक्तिहरुलाइ सिधा कुरा गरेर मात्रै सिट सुरक्षित गर्न सकिने कुरा कार्यक्रम आयोजक निरज गौलिले जानकारि दिनुभयो ।
कार्यक्रम परोपकारि कार्यका लागी गरिने भएकाले उपस्थि हुने सबैले आफूले सकेको रकम सहयोग बापत दिन सक्नुहुनेछ जुन रकम रहि लामिछानेको पहलमा बनेको राष्कोट सामुदायिक अस्पतालका लागी जानेकुरा पनि आयोजक गौलिले बताउनुभयो । कार्यक्रममा आफूलाइ मनमा लागेका कुराहरु रबि लामिछानेसंग गर्न पाउने कुरा पनि गौलिले बताउनुभयो । कार्यक्रम २५ में का दिन हुनेछ भने स्थान र समयको जानकारि तपॉंइहरुले आफनो नाम टिपाएपछि मोवाइलको म्यासेजमा आउने छ । कार्यक्रमको आयोजना गौलि इभेन्ट्सले गरेको हो भने मुख्य सहयोगीको रुपमा हिमालयन बिजनेस ग्रुप रहेको छ ।
![[Tags] 1DEFA072-91A0-44C9-AD2F-325FA78BAD1B-1024x394 रबि लामिछाने क्यानबेरा ऑंउदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/05/1DEFA072-91A0-44C9-AD2F-325FA78BAD1B.jpeg?resize=640%2C246&ssl=1)