बिनायक अधिकारी : २७ में २०१९
क्यानबेराकै पुरानो संस्था अष्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटि (एएनएफएस) मा हिजो २६ में २०१९ का दिन पहिलो पटक मतदान मार्फत नेतृत्व चुन्ने काम भएको छ जसमा पहिलोपटक महिलानेतृत्वले एएनएफएस सम्हाल्ने हुनुभएको छ । प्रजातांत्रिक मूल्य मान्यतामा मतदान हुनु नराम्रो होइन तर पहिलो पटक मतदान हुने पक्रियामा पुग्नु भनेको केहि मात्रामा नेतृत्व होडवाजि हो भन्न सकिन्छ । मिलेरै जॉंउ भनेर दुबै उमेदवार मिल्न सकेको भए दुबैले जित्ने अवस्था हुन्थ्यो भने चुनाबि प्रकृयामा जॉंदा एउटाको जित र एउटाको हार निश्चित थियो र भयो पनि त्यस्तै ।
अन्तत क्यानबेराले खुश्वु न्यौपानेको नेतृत्वमा नयॉं कार्य समिति पाएको छ । उहॉंका प्रतिष्पर्धि कृष्ण सुबेदिले ६ मत कम ऑंउदा निर्वाचनमा पराजित हुनुभएको हो । उपाध्यक्षमा कुमार सापकोटा निर्विरोध हुनुभएको थियो भने सचिवमा आशीष देवकोटा कोषाध्यक्षमा बिनोदराज घिमिरे, जनसम्पर्क अधिकृतमा समीर अधिकारी र सदस्यहरुमा सदस्यहरुमा आदर्शजंग पाण्डे, प्रेम बहादुर रायमाझि, राजेश गुरुगं, रचना कणेंल, महता चॉंपागाइ र प्रनब आचार्य निर्वाचित हुनु भएको छ । बिजयी सबै सदस्यहरुलाइ मेरो कपुरी क को तर्फवाट पनि शुभकामना सहित सफल कार्यकालको शुभकामना ।