बिनायक अधिकारी : क्यानबेरा

हामी आइतवारको ठिक १ बजेको समयमा छौं । यतिबेला खचाखच ग्राहकहरु छन् । चाइनिज यूवतिहरु अर्डर लिन र दिन दगुरादगुर छन् । ग्राहकहरु मीठो मानेर अगाडीको लेक हेर्दै घाम तापेर खानामा रमाइरहेका छन् । यो हो ट्यॉंगं डाइनेष्टि क्यानबेराको केन्द्र भागमा पर्ने किंग्स्टनमा राम्रो चलिरहेको रेष्टुरेन्ट्सको ब्यवस्थापन नेपालीहरुले लिएका छन् । बिशेष गरेर सुद्ध चाइनिज खाना पाइने यो रेष्टुरेन्ट्स ३५ बर्षदेखि चलिरहेको रेष्टुरेन्ट्स हो । लेकको छेउमै रहेको हुनाले पनि ग्राहकहरु रमाइलो वातावरणसंगै खानामा रमाउने गरेका छन् नयॉं ब्यवस्थापक कमल कुवँरले बताउनुभयो । सप्ताहन्तमा बिशेष ब्यस्त रहने रेष्टुरेन्ट्स चाइनिज खाना मनपराउने हरुका लागी बिशेष छ । हिजोआज मानिसहरु फरक फरक खानाहरु तर्फ रुचि देखाउने भएर पनि र चाइनिज खाना हामी नेपालीहरु र अष्ट्रेलियनहरुको भनेदा बिलकुलै फरक रहेको हुनाले पनि बिशेष चाख दिएको देखियो कुवँरले थप्नुभयो ।

C95C7C32-ABED-44E1-BABF-CABFE3138161-1024x768 नेपालीको ब्यवस्थापनमा चाइनीज रेष्टुरेन्ट ।
C95C7C32-ABED-44E1-BABF-CABFE3138161-1024x768 नेपालीको ब्यवस्थापनमा चाइनीज रेष्टुरेन्ट ।

झण्डै १८० जना सिट क्षमता भएको रेष्टुरेन्ट्समा नेपाली कुनै पनि किसिमका पार्टिहरु भएमा ग्राहकको रोजाइ अनुसारको खाना प्रदान गर्ने कुरा पनि बताउनु भयो । कुवँरले मेन सेफ पनि नेपाली भएकाले आफूँहरुलाइ नेपाली पार्टि र क्याटरिंगका लागी काम गर्न कुनै समस्या नरहेको र पार्टि र क्याटरिंग अंडर आएमा आफूहरुले सेवा दिन सक्ने पनि बताउनु भयो । लेक सहितको बातावरण, पार्टिका लागी ठुलो स्थान, यथेष्ट पार्किंग र मीठा परिकार भएपछि पक्कै पनि सबैको मन लोभ्याउने कुरामा दुइमत छैन ।

Tang Dynasty Restaurants

10/81 Giles Street, Kingston,

C95C7C32-ABED-44E1-BABF-CABFE3138161-1024x768 नेपालीको ब्यवस्थापनमा चाइनीज रेष्टुरेन्ट ।
C95C7C32-ABED-44E1-BABF-CABFE3138161-1024x768 नेपालीको ब्यवस्थापनमा चाइनीज रेष्टुरेन्ट ।
C95C7C32-ABED-44E1-BABF-CABFE3138161-1024x768 नेपालीको ब्यवस्थापनमा चाइनीज रेष्टुरेन्ट ।

Total Page Visits: 3240 - Today Page Visits: 1
Shares