बिनायक अधिकारी ; ९ जुन २०१९
बिशेषगरि क्यानबेराका नेपालीहरु र अन्य समुदायका लागी लोन सम्वन्धित जानकारि, ट्याक्सबाट पाउने सुबिधा र घर जग्गा किन्नका लागी कसरि सहयोग गर्न सकिन्छ भनेर अजी फाइनान्स तथा होमलोनले ८ जुन २०१९ का दिन गोल्न स्पुन क्याफे फिसवीकमा कार्यशाला संचालन गरेको थियो ।
कार्यशालामा अजी फाइनान्सका डाइरेक्टर बिष्णु हमालले बैंकको ब्याजदरमा तलमाथी हुने बारेको असर, घर किन बेचमा हुने जानकारि र सामाजिक सहकार्यमा गरेका सहयोगी भूमिकाको बारेमा चर्चा गर्नुभएको थियो ।
![[Tags] 39493F92-65F4-4B9D-8B8E-9F37F6A9E5A5-1024x768 अजी फाइनान्सद्वारा होमलोन सम्वन्धि कार्यशाला सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/06/39493F92-65F4-4B9D-8B8E-9F37F6A9E5A5.jpeg?resize=640%2C480&ssl=1)
त्यस्तै मल्टि डाइनामिक क्यानबेराका प्रतिनिधि मोहित पन्तले कस्तो घर किन्ने, कसरि किन्ने, घर भाडामा दिदा आफूहरुले के कस्ता सुबिधा दिन सक्छौं र नेपाली समाजमा के कस्ता सहयोग भइरहेका छन् भन्ने बारेमा जानकारि दिनुभएको थियो ।
अजी फाइनान्सका ट्याक्स एक्सपर्ट मन्जित घिमिरेले ट्याक्सले घर किनबेचमा कसरि सजिलो बनाउन सकिन्छ र कसरि ट्याक्स सदुपयोग गर्न जानेमा हामीलाइ के कस्ता सहयोग हुन्छ भन्ने बारेको जानकारि प्रस्तुत गर्नु भएको थियो ।
अजी फाइनान्सका बिश्वास भट्टराइले क्यानबेराको मार्केट राम्रो रहेको जानकारि दिदै घर हेर्दा रेन्टिगं प्रपर्टि बढि रहेको ठॉंउमा हेर्न पनि सल्लाह दिनुभयो । रेल र ट्राम भन्दा पनि कुन ठॉंउमा भाडामा घर खोज्नेहरु बढि छन् त्यस्ता ठॉंउमा घर किन्न सुझाव दिनुभएको थियो ।
अजि फाइनान्स क्यानबेराका बिजनेस डेभलमपमेन्ट म्यानेजर राजकुमार केसीले फर्ट होम बायरको लागी लेन्डरबाट अजीले $ २००० को चेक र $५०० को भौचर रिफाइनान्स, इन्भेष्टमेन्ट र फर्ट होम बायरका लागी दिने जानकारि दिनुभयो । केसीले पहिलोचोटि परिवारका लागी ट्याक्स सम्वन्धि कार्य फ्रि गर्ने र पछि अन्य सहयोग सहयोगहरु पनि आवस्यकता अनुसार दिने जानकारि गरॉंउनुभयो ।
कार्यक्रममा डा कृष्ण हमाल, जीवन रामा, कुमार केसी, राजन ढुंगेल, अशोक बस्नेत, चुडामणी सापकोटा, एक्सपर्ट ग्रुप क्यानबेराका साथीहरु लगाएत घर किन बेच सम्वन्धि जानकारि लिनेहरुको उपस्थि रहेको थियो । कार्यक्रममा खाजा तथा चिसो तातो पेय पदार्थको ब्यवस्था गरिएको थियो । कार्यक्रम संचालन अजी फाइनान्स क्यानबेराका मोर्गेज कन्सल्ट्यान्ट्स गोपाल वलीले गर्नुभएको थियो ।
![[Tags] 39493F92-65F4-4B9D-8B8E-9F37F6A9E5A5-1024x768 अजी फाइनान्सद्वारा होमलोन सम्वन्धि कार्यशाला सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/06/9901AC51-6953-4362-8338-73539AF38863.jpeg?resize=640%2C480&ssl=1)