बिनायक अधिकारी : ७ जुलाइ २०१९
क्यानबेरा नेपलिज फुटवल क्लव (CNFC) ले यहि आउदो जुलाइ १३ तारिख सनिबारका दिन असार १५ को संझना गर्दै दहि चिउरा कप फुटवलको आयोजना गर्ने भएको छ । खेलमा क्यानबेरा र क्विनबियन क्षेत्रीय रहेका ६० जना नेपाली फुटवल खेलाडीहरुलाइ पॉंच वटा समूहमा बिभाजित गरि लिग गेममा खेलाइने छ । जस अन्तर्गत खेलमा खेलाडीहरु अनलिमिटेड स्वाप गर्न पॉंउने र लिगमा सबैभन्दा बढि पोइन्ट ल्याउने दुइवटा टिम फाइनल खेलाउने कुरा क्लवका क्याप्टेन सुरज पौडेलले बताउनुभयो ।
खेलको उद्धेश्य भनेको सबैलाइ खेलमार्फत एक शुत्रमा बाध्नु र महिला तथा बालबालिकाहरुलाइ पनि खेलतिर आकर्षित गराउनु रहेको कुरा पनि पौडेलले बताउनु भयो । उहॉंले यस दहि चिउरा कपलाइ भोलिका दिनहरुमा पनि निरन्तरता गर्न प्रयास गर्ने कुरा पनि बताउनुभएको छ ।
खेल हुने स्थान : फिलोज ओवल
मिति : १३ जुलाइ २०१९
समय : बिहान ८ बजे बाट