बिनायक अधिकारी : १७ जुन २०१९![[Tags] 2232929B-7D9B-4978-84C1-829E615D20DC दि यात्री इभेन्ट्स द्वारा भलिवल क्लवलाइ सहयोग ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/06/2232929B-7D9B-4978-84C1-829E615D20DC.jpeg?resize=120%2C165&ssl=1)
क्यानबेरामा पूर्ण मनोरन्जन कार्यहरु गर्दै र सामाजिक कार्यहरुमा सहभागीता जनाउदै आएको दि यात्री इभेन्ट्सले भलिवल क्लवलाइ नगद दुइसय पचपन्न ($२५५.००) सहयोग गरेको हो । दि यात्रीका साथीहरुले जुन १५ सनिवारका दिन भलिवल खेल सम्पन्न भए पश्चात उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन ।
सहयोग कार्यक्रममा बोल्दै दि यात्री इभेन्ट्सका साथिहरुले भोलिका दिनमा पनि सकेको सहयोग गर्ने बचन दिनुभएको छ भने भलिवल क्लवका तर्फवाट अध्यक्ष यूवराज खनियाले दि यात्री इभेन्ट्सका साथिहरुलाइ हार्दिक धन्यवाद दिदै यसले भलिवल क्लवलाइ स्थापित हुनका लागी सहयोग हुने भन्दा भोलिका दिनमा पनि सहयोगको निरन्तरता गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रम भलिवल हल वानियासामा सम्पन्न भएको थियो ।
![[Tags] 2232929B-7D9B-4978-84C1-829E615D20DC दि यात्री इभेन्ट्स द्वारा भलिवल क्लवलाइ सहयोग ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/06/386E3003-D508-4198-A47E-4104DE2C1FC7.jpeg?resize=640%2C480&ssl=1)
Total Page Visits: 3585 - Today Page Visits: 1