बिनायक अधिकारी : २१ जुलाइ २०१९

भानु जयन्तिको उपलक्ष्यमा अष्ट्रेलियाको राजधानि क्यानबेरामा आयोजित साहित्यिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । नेपाली दुताबास क्यानबेराका का बा राजदुत दुरपदा सापकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका बिशेष अतिथिहरुमा बरिष्ठ गजलकारहरु ज्ञानुवाकर पौडेल, धनराज गिरि र त्रिपुरा पौडेल रहनुभएको थियो । अनेसासकी केन्द्रिय सदस्य सानु घिमिरेको पुस्तक सिड्नि सपनाको बारेमा धनराज गिरिले चर्चा गर्नुभएको थियो भने महता चापागॉंइको पुस्तक प्रस्नै प्रश्नको पहाडमा ज्ञानुवाकर पौडेलले चर्चा गर्नुभएको थियो ।

83703D0F-25D2-4F73-9892-452FC95B1B7D-1024x576 भानु जयन्तिमा गजल र कविताले गुन्जियो क्यानबेरा ।

भानुभक्तको फोटोमा माल्यार्पण गरेर सुरु भएको कार्यक्रममा स्वागत मन्तब्य समाजका उपाध्यक्ष भेष देवकोटाले गर्नुभएको थियो । कार्यक्रममा महता घिमिरे, शकुन्तला देवकोटा, बिनायक अधिकारी, अमृत पौडेल, बासु चापागाइ, ममता तिबारी, निर्मल प्रसाद भट्टराइ, दुरपदा सापकोटा, भेष देवकोटा, कुमार सापकोटा, ललित मल्ल, आरजु गिरि, अशोक बस्नेत र बाल कवि रीजन कणेंलले आफना कविता बाचन गर्नुभएको थियो । कार्यक्रममा भेष देबकोटाको कविता, धनराज गिरि र ज्ञानुवाकर पौडेलको गजलले हल गुन्जायमान भएको थियो ।

83703D0F-25D2-4F73-9892-452FC95B1B7D-1024x576 भानु जयन्तिमा गजल र कविताले गुन्जियो क्यानबेरा ।

कार्यक्रममा एनआरएनए एसिटिका कोअर्डीनेटर राजन ढुंगेल, नव निर्वाचित कोअर्डीनेटर चुडामणी सापकोटा, क्यानबेराका अग्रजहरु डा कृष्ण हमाल, डा. सिताराम घिमिरे, डा दुर्गादत्त कणेंल, जीवन राना त्यस्तै एएनएफएसका अध्यक्ष खुश्बु न्यौपाने एनआरएनए आइसिसि सदस्य राजु अधिकारी, नेपाली दुताबास क्यानबेराका द्वितीय सचिव निर्मल भट्टराइ र तृतीय सचिव यादव कोइराला लगाएत थुप्रै समाजका अग्रज नेपालीहरु उपस्थित हुनुहुन्थ्यो ।

83703D0F-25D2-4F73-9892-452FC95B1B7D-1024x576 भानु जयन्तिमा गजल र कविताले गुन्जियो क्यानबेरा ।

कार्यक्रमलाइ एनआरएनए एसिटि, एएनएफएस, जेबी एजुकेशन एण्ड माइग्रेसन, हिमालयन बिजनेस ग्रुप, एसएण्डएस एकाउन्टिगं, काठमाडौं ट्राभलबाट सहयोग भएको थियो ।कार्यक्रमको लागी स्थल एफ़एम ९१.१ ( प्रदीप तिमील्सीना) बाट प्राप्त भएको थियो । कार्यक्रमको सभापतित्व समाजकी अध्यक्ष डा शकुन्तला देवकोटाले गर्नुभएको थियो भने कार्यक्रम संचालन समाजका महासचिव बिनायक अधिकारिले गर्नुभएको थियो ।

83703D0F-25D2-4F73-9892-452FC95B1B7D-1024x576 भानु जयन्तिमा गजल र कविताले गुन्जियो क्यानबेरा ।
83703D0F-25D2-4F73-9892-452FC95B1B7D-1024x576 भानु जयन्तिमा गजल र कविताले गुन्जियो क्यानबेरा ।
83703D0F-25D2-4F73-9892-452FC95B1B7D-1024x576 भानु जयन्तिमा गजल र कविताले गुन्जियो क्यानबेरा ।
83703D0F-25D2-4F73-9892-452FC95B1B7D-1024x576 भानु जयन्तिमा गजल र कविताले गुन्जियो क्यानबेरा ।

Total Page Visits: 2562 - Today Page Visits: 1
Shares