बिनायक अधिकारी : क्यानबेरा

एकपछि अर्को दुर्धटनाको शिकार भइरहेको अस्ट्रेलियाको नेपाली समुदायमा फेरि अर्को दुखद घटना थपिएको छ । सिड्नीबाट हिँउ खेल्न स्नोइ माउन्टेनमा जाने क्रममा आज २८ जुलाइ बिहान ३:३० बजे तिर कुमा नजिकै मोनारो हाइवेमा कार दुर्घटना भएको हो ।
सिड्नीबाट शनिबार साँझपख हिँडेको १५ जना नेपालीहरुको एक टोली राति उडन रिजर्भमा गएर क्याम्पिङ गरेर बसेको थियो। पन्ध्र जनाको समूहमा गएको टोलिमा धेरै बिध्यार्थीहरु रहेको पाइएको छ । तीन वटा कारमा हिउँ खेल्न सिड्नीबाट स्नोइ माउन्टेन गएका थिए उनिहरु तर बिहान भने आफनै हिसावमा एउटा कारमा बसेर ३ बजेतिर ५ जना हिडेको दुर्घटना ग्रस्त कारका ड्राइभर सागर भट्टराइले बताउनुभयो । बाटोमा देखिएको कंगारुलाइ बचाउन खोज्दा कार दुर्घटना भएको कुरा पनि कपुरी कलाइ भट्टराइले बताउनुभयो । एउटा मात्रै कार किन ३ बजेतिर हिड्यो र अन्य साथीहरु किन सोहि ठॉंउमा रहनुभयो यो भने संकाको बिषय रहेको छ ।

A1FB3A4A-5165-4605-9AD9-368654852A2B अष्ट्रेलियामा फेरि अर्को दुखद कार दुर्घटना : समुदायले गुमायो नेपाली ।

दुर्घटनाग्रस्त कारमा सागर भट्टराइ, संगीत देवकोटा, समिक्षा सुबेदि , अस्विन कणेंल र गोपाल भण्डारि रहेका थिए । जसमा अस्विन कडेंल कोमा अस्पतालमा उपचारमा छन् भने उनको हात खुट्टामा सामान्य चोट लागेको उनले बताए भने सागर भट्टराइ र संगीत देवकोटालाइ एअर एम्बुलेन्स मार्फत क्यानबेरा अस्पताल ल्याएर उपचार भइरहेको छ । अन्य दुइ समिक्षा सुबेदि र गोपाल भण्डारिलाइ मृत घोषणा गरेको छ भने भोलि पोष्टमार्टमका लागी क्यानबेरा ल्याइने जनाइएको छ ।
बिहान १०:३० बजे मलाइ सम्पर्क भए लगत्तै म अस्पताल पुगेर जानकारी लिएको थिए र मैले नेपाली दुताबास काबा अध्यक्ष दुरपदा सापकोटा र नेपाली समाज क्यानबेरालाइ जानकारी गराएको थिए । त्यसपछि काबा राजदूत दुरपदा सापकोटा सहित चुडामणी सापकोटा, निर्मल भट्टराइ, आदर्शजंग पाण्डे, बिक्रम सुबेदि, जिवन थापा, अर्जुन केशी, निरज गौली, समीर अधिकारी, कर्मा लामा र अभिषेक शर्मा सहितको टोलिले जानकारि लिएर केहि परेमा सम्पर्क गर्न अनुरोध गरेको थियो ।

A1FB3A4A-5165-4605-9AD9-368654852A2B अष्ट्रेलियामा फेरि अर्को दुखद कार दुर्घटना : समुदायले गुमायो नेपाली ।

जे होस कोहि नेपालीलाइ गार्हो सार्हो पर्दा नेपाली समाज र दुताबास सदैव तयार रहनेछ भन्ने सन्देश आज क्यानबेराले दिएको छ । नेपाली दुताबास र एनआरएन क्यानबेराका साथीहरु आवस्यकिय सहयोगका लागी सक्रिय रुपमा लागीरहनु भएको छ ।
Photo : ABC news

Total Page Visits: 2892 - Today Page Visits: 1
Shares