बिनायक अधिकारी : १८ अगष्ट २०१९
बिदेशमा नेपाली संस्कृति जानेर या नजानेर सकेको जोगाउने प्रयास भएकै छ । दशैं, तिहार, तिज या फागु पूर्णिमा होस यी चाडहरुले कमसेकम नेपालीहरुलाइ एकै ठॉंउमा जुटाउने काम भने भइरहेकै छ ।
अष्ट्रेलियाको राजधानि क्यानबेरामा पनि तिज लागीरहेकै छ । गौलि इभेन्ट्सले प्रत्येक बर्ष तिजमा बिभिन्न कलाकार ल्याएर मनाउने गर्छ भने क्यानबेरा नेपलिज फुटवल क्लव (सिएनएफसि) र अष्ट्रेलिया नेपलिज फ्रेण्डसिप सोसाइटि (एएनएफएस) ले पनि तिज मनाइरहेकै छन् । यस बर्ष पनि सिएनएफसि र एएनएफएस ले संयुक्त रुपमा “तिज सेलिब्रेसन नाइट २०१९” को नाम दिएर तिज मनाउने कार्यक्रम गर्नेभएका छन् । २४ अगष्ट सनिवारका दिन माउन्ट स्ट्रोमोलो स्कुलमा बेलुका ५ बजेदेखि हुने तिज कार्यक्रममा लोक गायक गायीका चन्दा अर्याल र सुदिप न्यौपानेले क्यानबेरा/क्विनबियन बासीलाइ रमाइलो बनाउने प्रयास गर्नेछन् ।
![[Tags] 40464768_2008421949378434_3871443023367766016_n क्यानबेरामा तिजको रन्को, दिदि बहिनि घुमिदेउ दुइफन्को ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/07/40464768_2008421949378434_3871443023367766016_n.jpg?resize=600%2C228&ssl=1)
संस्थाका सदस्यहरुलाइ $२० शुल्क लाग्ने कार्यक्रममा अन्य लाइ $२५ शुल्क लाग्ने बताइएको छ भने १० बर्ष भन्दा तलका बाल बालिकाहरुलाइ निःशुल्क हुनेछ । कार्यक्रमलाइ हिमालयन बिजनेस ग्रुपले मुख्य प्रायोजन गरेको छ भने क्यानबेरा नेपलिज क्रिकेट क्लव, क्यानबेरा नेपलिज भलिवल क्लव, एनआरएनए क्यानबेरा सहयोगी संस्थाका रुपमा रहेका छन् भने मिडिया पार्टनरको रुपमा मेरो कपुरी क र सिएमएस रेडियो रहेका छन् ।
![[Tags] 40464768_2008421949378434_3871443023367766016_n क्यानबेरामा तिजको रन्को, दिदि बहिनि घुमिदेउ दुइफन्को ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/05/logo.jpg?resize=640%2C453&ssl=1)
![[Tags] 40464768_2008421949378434_3871443023367766016_n क्यानबेरामा तिजको रन्को, दिदि बहिनि घुमिदेउ दुइफन्को ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/08/90ECCF27-826F-4682-9D49-29D30E2A51D1.jpeg?resize=506%2C960&ssl=1)