बिनायक अधिकारी : क्यानबेरा

गल्बन्दि गीतबाट सर्बाधिक चर्चा बटुलेका गायक प्रकाश सपुत, दोहोरि ब्याटलकी चर्चित गायीका प्रिति आले र बुगीउगी डान्स कम्पिटिसनमा प्रथम हुन सफल कविता नेपालीले क्यानबेरामा गल्बन्दि सॉंझ मार्फत मनोरन्जन दिने हुनुभएको छ । यहि ऑंउदो अगष्ट ३० मा दि यात्री इभेन्ट्सको आयोजनामा १ मटिना स्ट्रिट न्याराबुण्डामा सॉंझ ४:३० देखि १०:३० सम्म कार्यक्रम हुदैं छ सबैजनालाइ कार्यक्रमों उपस्थित भएर रमाइलो गर्न आयोजक समूहले सबैलाइ अनुरोध गरेको छ ।
हिमालयन बिजनेस ग्रुपको प्रस्तुति र दि यात्री इभेन्ट्सको आयोजना रहेको कार्यक्रममा गीत संगीत, नृत्य, डिजे, खाना र पेय पदार्यको ब्यवस्था रहेको छ । कार्यक्रममा सिड्निका डिजे बिरक्कले नचाउनेछन् भने स्थानिय कलाकारलाइ पनि स्थान दिने र त्यसका लागी आयोजक संग सम्पर्क गर्न आयोजक बिशाल कणेंलले बताउनुभयो । कार्यक्रममा प्रवेश गर्नका लागी $१५ रहेको छ । टिकटका लागी बिक्की, शुसील र सागरलाइ सम्पर्क गर्न सकिने छ ।
कार्यक्रम
मिति : ३० अगष्ट २०१९
समय : ४:३० देखि १०:३० सम्म
स्थान : १ मटिना स्ट्रिट न्याराबुण्डा ।

C8D33C3A-1B1E-4C22-9A1A-221F3F89B6B5-663x1024 प्रकाश, प्रिति र कविता नेपालीले नचॉंउदै क्यानबेरा ।

Total Page Visits: 1834 - Today Page Visits: 1
Shares