मेरो कपुरी क सम्बाददाता
अन्तराष्ट्रिय नेपाली साहित्य समाज क्यानबेरा च्याप्टरले २०६ औं भानु जयन्तिको अवसर पारेर साहित्यिक कार्यक्रम गर्ने भएको छ । नेपाली दुतावास क्यानबेराका काबा राजदूत दुपरदा सापकोटाको प्रमुख आतिथ्यमा हुने कार्यक्रमको बिशेष अतिथिका रुपमा नेपालबाट आउनुभएका बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल रहनुहुने भएको छ ।
नेपाली साहित्यलाइ बिदेशी भूमीमा पनि बचाइराख्नका लागी साहित्यिक कार्यक्रमहरु भइरहेका छन् जसले गर्दा पछिल्लो पुस्तालाइ पनि नेपाली साहित्यकार बारेमा जानकारि दिने उद्धेश्य संस्थाको रहेको छ ।
कार्यक्रम २० जुलाइ सनिबार दिनको १ देखि ४ बजे सम्म एफ एम ९१.१ सिएमएस रेडीयोको सभा हलमा हुने छ । कार्यक्रमका लागी एनआरएनए, एएनएफएस, जेबी एजुकेशन एण्ड माइग्रेसन, हिमालयन बिजनेस ग्रुप, एसएण्डएस एकाउन्टिगं, काठमाडौं ट्राभल र मेरो कपुरी क रहेका छन् भने सिएमएस नेपाली रेडियो ९१.१ को सहकार्य रहेको छ । संस्थाले क्यानबेरा तथा क्विनबियन क्षेत्रमा रहनुभएका सबै नेपालीहरुलाइ कार्यक्रममा आफना रचना सहित सहभागी भइ नेपाली भाषा साहित्यमा सहयोग गर्न अनुरोध गरेको छ ।