सुदीप त्रिपाठी प्रतीक
जुलाई १५, विस्रवेन
अन्तराष्ट्रिय नेपाली साहित्य समाज क्वीन्सल्याण्ड च्याप्टर अस्ट्रेलियाको आयोजना तथा नेपलिज एसोसिएसन अफ क्वीन्सल्याण्डको सहयोगमा आइतबार १४ जुलाईक दिन अस्ट्रेलियाको ब्रिसबेनमा २०६ औँ भानु जयन्ती काब्य-बाचन, पुस्तक समिक्षा र साहित्य सम्बादको आयोजना गरि मनाइएको छ ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज, क्वीन्सल्याण्ड च्याप्टर अस्ट्रेलियाका अध्यक्ष केशव शर्माको स्वागत मन्तब्यबाट सुरु गरिएको कार्यक्रममा उपस्थित अतिथि एवम सहभागीहरुले आदिकवि भानुभक्त आचार्यको तस्विरमा पुष्पार्पण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अग्रज गजलकार ज्ञानुवाकर पौडेलले कविले टुक्रा टुक्रामा भन्दा पनि समग्रमा लेख्न सक्नुपर्ने बताउनुभयो । साथै उहाँले पहिले गजल, मुक्तक , हाइकु जस्ता विधाहरुलाई साहित्यका विधा नै होइनन भन्ने अवस्थाको अन्त्य गर्दै अहिले तिनै विधाहरुले नेपाली साहित्यलाई बलियो बनाएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा भानुभक्त आचार्यका बंशज साहित्यकार विनोद भक्त आचार्यले भानुभक्तको रामायण लगायत केहि फुटकर कविताहरु बाचन गर्नुका साथै तथा भानुभक्तको चिनारी प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, साहित्यकारहरु सानु घिमिरे, त्रिपुरा पौडेल, केशव शर्मा, रमेश न्यौपाने, बसन्त सुवेदी, राजन कोइराला, गोविन्द बराल, सुर्दशन दाहाल, राजेश्वरी रेग्मी आचार्य, गिरीराज खनाल, तारा अधिकारी, भरतराज पौडेल, सफल घिमिरे, इशा शर्मा कोइराला, डिल्लीराज पौडेल, राजेन्द्र अधिकारी, सुदीप त्रिपाठी प्रतीक, हरिराज अधिकारी, र विक्रम तिमिल्सिना लगायतले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रमको अर्को चरणमा केशव शर्माले साहित्यकार सानु घिमिरे ज्योत्सनाको हालै प्रकाशित उपन्यास ‘सिड्नी सपना’ माथि टिप्पणी राख्नुभएको थियो । उपन्यासका लेखक सानु घिमिरेले आफ्नो कृतिको बारेमा आफ्ना विचारहरु प्रस्तुत गर्दै यो उपन्यास अस्ट्रेलियामा अध्ययनगर्न आउने नेपाली बिद्यार्थीहरुलाई यहाँका समस्याहरु बुझ्न सहयोगी हुने विचार ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको अन्तमा पत्रकार विक्रम तिमिल्सनाले बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल सँग साहित्यीक संवाद समेत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सफल घिमिरेले गर्नुभएको थियो ।
![[Tags] E10C1D71-4067-404E-B31F-83504C2F2046-1024x768 अस्ट्रेलियामा २०६ औँ भानु जयन्ती मनाइयो](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/07/E10C1D71-4067-404E-B31F-83504C2F2046.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] E10C1D71-4067-404E-B31F-83504C2F2046-1024x768 अस्ट्रेलियामा २०६ औँ भानु जयन्ती मनाइयो](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/07/7E11E591-F6EF-44B7-B84C-914EBA952A24.jpeg?resize=640%2C858&ssl=1)