बिष्णु गुरुगं ‘प्यासी’

अौला टोकी झ्यालमा बसि ,टोलाएकी नानी ।
पाखोबारी, गैरी खेत, बाँझै रैछ तनी ।।
झम झम बर्षे झरी, खेत भरी टम्म।
मौका छोपि रोपिहाल, गैरी खेत्मा नानी।।

जोत्न अाईज भने पनि लुरु लुरु अाउँथें।
कैले जोत्थें बाँझो खेत,कैले सम्याउँथें ।।
धान काटी दाइ हालि ,तिम्रै भकारीमा ।
टम्म पारी तिमीलाई ,बुझाईदिन्थें नानी।।

खोज्नुपर्छ हलो जुवा,जोतारो र सोईला ।
हलको मेलो जोत्न पनि ,यत्रो खैला बैला ।।
मकै भुट दिनकोखाजा, अचार गुन्द्रुकको।
खेत वारि हराभरा, पारिदिउँला नानी।।

भोटेवडार, लमजुगं ।

Total Page Visits: 1928 - Today Page Visits: 1
Shares