अनिता भण्डारी (पौडेल )
नँया बानेश्वर , काठमाडौँ
हिजोआज मान्छेहरु यन्त्रिक हुदैछन्
आफ्नै हातपाउ अब कठिन हुदैछन्
एउटा कोठाबाट अर्को कोठा पनि यँहा
छिमेकी राष्ट्रजस्तै भारत चीन हुदैछन्
समयले यती व्यस्त बनायो मान्छेलाई
खाने फुर्सद छैन अनुहार मलिन हुदैछन्
मान्छेमान्छे भन्दा यन्त्रमा बिश्वास छ
सक्रिय त बरु दिनदिनै मेशिन हुदैछन्
हातमै बैंक हातमै कारोबार समयको बचत
पिज्जा बर्गर म:म मासु खानपिन हुदैछन्
Total Page Visits: - Today Page Visits: