अनिता भण्डारी (पौडेल)

यो हुनै सक्दैन

                   अनिता भण्डारी (पौडेल )

                  नँया बानेश्वर , काठमाडौँ  

तिमी मुस्कुराउनु म रिसाउनु यो हुनै सक्दैन

तिमीले जगाउनु म निदाउनु यो हुनै सक्दैन

मायामा ठुलो शक्ति छ लाग्छ बलियो हतियार

तिमीले बताउनु मैले सताउनु यो हुनै सक्दैन

संगै जिउने संगै मर्ने कसम खान्छौ बारम्बार

तिमीले पत्याउनु मैले अत्याउनु यो हुनै सक्दैन

असारले पनि मङ्सिरलाई सतर्क हुन सिकाउछ

तिमीले कमाउनु मैले रित्याउनु यो हुनै सक्दैन

सगरमाथा चढेपनि झर्ने पर्छ आफ्नो गन्तव्यमा

तिमी उदाउनु अनि म अस्ताउनु यो हुनै सक्दैन

Total Page Visits: - Today Page Visits:
Shares