अस्ट्रेलियाको पृष्ठभूमिलाइ आधार बनाएर लेखिएको डायास्पोरिक उपन्यास सिड्नी सपनाको सिड्नीमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) एन एस डब्ल्यु अस्ट्रेलियाले यहि जून ९ गते सिड्नीको क्याम्प्सीमा उक्त कार्यक्रम आयोजना गरेको थियो ।
सिड्नी सपनामाथि समिक्षा गर्दै समालोचक जीवनाथ लम्सालले सिड्नी सपना अस्ट्रेलियाको डायस्पोराको मात्र कथा नभई नेपालीहरु आप्रवासी भएर गएको प्रत्येक डायस्पोराको कथा भएको बताए । उत्तर आधुनिक तत्वहरु रहेको यो उपन्यासमा भएका पात्रहरुको चयन र नामलाई समेत संकेतमा प्रयोग गरिएको भन्दै उखान चयनमा भने लेखकले ध्यान दिनु पर्ने सुझाब दिए ।
![[Tags] B9BB268B-76EC-4520-8D3B-1EAE495152AD-1024x425 “सिड्नी सपना “ माथि सिड्नीमा अन्तरकृया](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/06/B9BB268B-76EC-4520-8D3B-1EAE495152AD.jpeg?resize=640%2C266&ssl=1)
अर्का समिक्षक साहित्यकार सुरेन्द्र दवाडीले यो उपन्यासले डायस्पोरा भित्रकै अर्को डायस्पोरा अर्थात अबैधानिक नेपालीहरु बसोबास गरिरहेको अस्ट्रेलियाको फार्मको जिन्दगीसंग उपन्यास मार्फत साक्षात्कार गराएको बताए . मुख्य पात्रको संघर्ष र कथा मार्फत महिलाहरुले आफ्नै लागि बाच्नु पर्छ भन्ने संदेश दिएको भन्दै ती कुराहरु यो उपन्यासको शशक्त पक्ष रहेको बताए । भाषिक कलालाइ अझ सुधार गर्न सुझाब दिदै उनले आजका प्रत्येक युवाहरुलाई यो उपन्यास पढेर विदेशको जिन्दगीसँग परिचित हुन अनुरोध गरे ।
कार्यक्रममा बोल्दै सिड्नी सपनाकी लेखिका सानु घिमिरे ज्योत्सनाले आफूले अस्ट्रेलियामा देखेका भोगेका र सुनेका कथाहरुलाई समेटेर आफूले तयार पारेको यो उपन्यासलाइ सिड्नी र अस्ट्रेलियाका पाठकहरुले कस्तो रुपमा ग्रहण गर्छन् भन्ने उत्सुकता रहेको बताइन् ।
कार्यक्रममा एनआरएन अभियन्ता दिनेश पोख्रेल , अनेसासका केन्द्रिय उपाधक्ष्य भीमसेन सापकोटा, अनेसास एनएसडब्ल्युकि उपाधक्ष्य ममता तिवारीले सिड्नी सपनाको सफलताको कामना गर्दै शुभकामना दिएका थिए ।
![[Tags] B9BB268B-76EC-4520-8D3B-1EAE495152AD-1024x425 “सिड्नी सपना “ माथि सिड्नीमा अन्तरकृया](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/06/B778E71E-2248-418B-8F65-FE5377E61A16.jpeg?resize=640%2C486&ssl=1)
कार्यक्रमको अधक्ष्यता गरेका अनेसास एनएसडब्ल्युका अधक्ष्य महेश्वर शर्माले अनेसास एनएस डब्ल्यु अस्ट्रेलियाका साहित्यिक गतिबिधिहरुको चर्चा गर्दै उपन्यासको सफलताको कामना गरे । कार्यक्रमको संचालन एनआरएन अभियन्ता तथा संचारकर्मी बिनोद पौडेलले गरेका थिए ।
![[Tags] B9BB268B-76EC-4520-8D3B-1EAE495152AD-1024x425 “सिड्नी सपना “ माथि सिड्नीमा अन्तरकृया](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/06/086FEA7F-1868-4E8C-94DF-7B8CB0513879.jpeg?resize=640%2C279&ssl=1)