मनऋषि धिताल
अप्रील
अस्ति भर्खर
आयेको थियो ।
आज बिहान फेरी आयो ।
पख्नुस अब दुइ महिना पछी
खासमा फेरि अर्को अप्रील आउने छ
र, मिर्मिरे उज्यालो नहुदै अप्रीलवाला मित्र
हाम्रो हेड्सर भयेर यतै आइपुग्ने छन ।
अप्रील पछी मे जुन जुलाइ आउछ
अर्थात , जेठ असार पछी साउनको भेल आउछ
साउनको भेलले केके कुडा कर्कट बगायेर ल्याउछ
यहि बेला टारी बारी र खेतमा
गाम बेशि र शहरमा
प्लटिङ गर्न बाकि टुडिखेलहरुमा
हरियाली पनि छाउछ
सबैतिर हरियाली देखियेपनि
असोज कार्तिकमा धान मात्रै पहेल्पुर हुने हो
अरु सबै त्यसै सुकिजाने न हो
हरियो देखिने जति सबैलाइ धान नमानौ
अप्रील वा साउनमा बगिआउने
सबै कुडा कर्कटलाइ शान नमानौ
उसको चाकडिमा खादा लियेर
दुइ देशको पबित्र रास्ट्रीय गानको अपमान नगरौ ।
पबित्र जुन नसकिदै फेरी अप्रील आयो
प्रभात नहुदै नील गगनको जुन कहा हरायो ?
नौलाख तारा लज्जित छन आज
पुर्णिमाको रातमा पनि चमक्दार जुन कहा हरायो ?