१९ माघ, काठमाडौं । नेपाल प्रहरीका एकजना असई २० किलो अवैध सुनसहित पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत असई कुलबहादुर राई २० किलो अवैध सुनसहित पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले राईलाई बालुवाटारस्थित उनकै डेराबाट पक्राउ गरेको महाशाखा प्रमुख दिवेश लोहनीले जानकारी दिए ।

सुन कसको हो भन्ने नखुलेको र राईमाथि थप अनुसन्धान जारी रहेको लोहनीले जानकारी दिए ।

स्रोत : अनलाइन खवर

Total Page Visits: 1402 - Today Page Visits: 1
Shares