अमृत पौडेल
जब मुटुमा गांठो पर्छ,
न त आँखा बाट आशु झर्न सक्छ!
न त मुहारले मुस्कान छर्न सक्छ!!
यो कस्तो अवस्था ??
जब मन को चरी उडन लाग्छ,
न त उस्लाई पिंन्जडामा राख्न सक्छु!
न त आफु पिंन्जडामा बस्न सक्छु!!
यो कस्तो अवस्था ??
जब आशुको झरी पर्छ ,
न त आशु छाताले छोप्न सक्छु!
न त झरी हातले रोक्न सक्छु!!
यो कस्तो अवस्था ???
जब कसै सँग बिछोड हुन्छ,
न त उसैसँग कतै जान सक्छु!
न त उस्लाई आफु सँग लान सक्छु!!
यो कस्तो अवस्था ???
- अमृत पौडेल -
Total Page Visits: - Today Page Visits: