गुटबन्दी गरेर केही नाम चलेका अग्रज कवि राखेर छन्दबादी समाजका नाममा गायक गायिका राखेर बिश्व नै लज्जित हुनेगरी अन्तर्राष्ट्रिय नेपाली छन्द कवि सम्मेलन २०७७ हुने भएको छ ।
नेपाली भाषा साहित्य छन्द धरोहरका अग्रज आदरणीय रमेश खकुरेल, कोषराज न्यौपाने लगायतका ब्यक्तित्वको सहभागिता विनाको कस्तो सम्मेलन ? छन्दमा नै कविता लेखेर नेपाल प्रज्ञा प्रतिष्ठानबाट पुरस्कार प्राप्त कविहरू जो एक दुई सङ्ग्रह नै प्रकाशित गरिसकेका निरन्तर छन्द साधना गरिरहेका कविहरूको प्रतिभाको कदर खै? परदेशमा रहेर छन्द साहित्यमा निरन्तर साधनारत छन्द कवि खै?
संस्थाको नामाकरण छन्दबादी समाज गरेर आफ्ना बिद्यार्थीलाई संस्था जिम्मा लगाउनु भएका आरणीय अग्रज स्रष्टा/ छन्द कविवर डा. घनश्याम परिश्रमी कै नाम छैन। तर कविता नै नलेख्नेहरू, आफ्ना कविता गाईदिए भन्दैमा ति छन्द कवि ?
गाईजात्रा पनि कति चाँडो आएको नेपालमा?
कमसे कम अग्रज कविहरूले कसले कार्यक्रम गर्छ, कार्यक्रममा को को आउँछ, कार्यक्रमको नाम अनुसारका पाहुना र संयोजन छ कि छैन बुझ्नु नपर्ने? अन्तर्राष्ट्रिय छन्द कवि सम्मेलन भनेर कार्यक्रम गर्नेलाई को को कहाँ कहाँ छन्द कवि छन् थाहा हुन्न? थाहा हुन्न भने हामीसंग सहयोग माग्नुस् ।नेपालको रोल्पा डोल्पा लिम्पियाधूरा देखि बिश्वको कुना कुनाका कविसम्म हामी पुग्ने सामर्थ राख्दछौ। यसरी नेपाली साहित्यमा राजनीति नगर्नुहोस्। नेपाली भाषा साहित्य बेच्ने ठेक्का नलिनुहोस्। नेपाल र नेपाली छन्द साहित्यको बेईज्जत नगर्नुहोला। १०-२० जनाको गुट बनाएर देश र भाषाको अपमान नगर्नुहोला। यौटा नेपाली भाषा, साहित्यलाई माया गर्ने अनुजको आवाज हो यो। छन्द कवि डा घन श्याम परिशिरमी छवि वैरागी घिमिरे, मेनुका चापागाई, आनन्द श्रेष्ठ आदिले फोन गरेर पनि असल कार्यको पूर्ण समर्थन रहेको बताएका छन्। भोली लाखौको आवाज नेपाली भाषा, साहित्य बचाउन जाग्नेछन्। धन्यबाद!
लेख स्पन्दन बिनोदको सहकार्यमा तयार गरिएको हो ।
हामीले अग्रजहरुका बिचार तल पोष्ट गरेका छौं हेर्नुहोला ।
![[Tags] AC8A7926-EEF9-473D-9076-7DB9CEFA55DE-1024x903 बिना कविको छन्द कविता सम्मेलन ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/05/AC8A7926-EEF9-473D-9076-7DB9CEFA55DE.jpeg?resize=640%2C564&ssl=1)
![[Tags] AC8A7926-EEF9-473D-9076-7DB9CEFA55DE-1024x903 बिना कविको छन्द कविता सम्मेलन ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/05/65B196FC-8E45-41A3-8238-A3A7D431CC67.jpeg?resize=640%2C561&ssl=1)
![[Tags] AC8A7926-EEF9-473D-9076-7DB9CEFA55DE-1024x903 बिना कविको छन्द कविता सम्मेलन ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/05/6604C686-2A5F-4D0C-A41C-957B7962EC89.jpeg?resize=640%2C149&ssl=1)
![[Tags] AC8A7926-EEF9-473D-9076-7DB9CEFA55DE-1024x903 बिना कविको छन्द कविता सम्मेलन ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/05/70881793-648A-4AF0-965D-4D859C202A19.png?resize=576%2C1024&ssl=1)
![[Tags] AC8A7926-EEF9-473D-9076-7DB9CEFA55DE-1024x903 बिना कविको छन्द कविता सम्मेलन ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/05/271C422B-D60A-488B-94AD-CF8A79DB6FA3.jpeg?resize=640%2C481&ssl=1)