अमृत पौडेल

रोप्दै नरोपी उम्रिएको बालिको के मतलब !
रोक्दा रोक्दै मिचिएको आलिको के मतलब!!
फुलैफुलले सधैं तिमिलाई सजाउछु भन्थें
नफुलेको फुललाई मालिको के मतलब !!!

जोत्दा जोत्दै बागींएको फालिको के मतलब !
टिप्दा टिप्दै नुगेको डालिको के मतलब !!
एउटै मुटुमा भित्र तिम्रा अरू २/४ मुटु रहेछन्
बस्छु भनेर नपाएको मन खालि के मतलब !!!

कुर्दा कुर्दै भेट्टिएको पालिको के मतलब !
बग्दा बग्दै सुकेको नालिको के मतलब !!
मृगनयनि आखाँबाट गोहिका आशु खसेपछि
जानि जानि गरिएको झ्यालिको के मतलब !!!

                                                         -अमृत पौडेल-

Total Page Visits: - Today Page Visits:
Shares