गजल

सूत्र – SSl SSS lSS
गण – त म य
विश्राम – ५ अक्षरमा

कैले फुटायो, जिन्दगीले
कैले जुरायो, जिन्दगीले !!

तर्केर हिंड्दा, तानितानी
फ़ेरि फंसायो, जिन्दगीले !!

छाता न साथी, त्यो झरीमा
ब्यर्थै रुझायो, जिन्दगीले !!

‘जख्मी’ छ छाती, घाउदुख्ने
आँखा जुधायो, जिन्दगीले !!

धोकाधडीमा, खै कसोरी
सार्है दुखायो, जिन्दगीले !!

फूल्दै नफूली, कोपिलामै
डाली नुहायो, जिन्दगीले !!

-श्रीभक्त पौडेल ‘आफन्त’
आल्बिर,आल्फास देल
आलिकान्ते

Total Page Visits: - Today Page Visits:
Shares