कविता

परदेशीको पिडा

थोत्रो हासो, हास्दैछु म आज,
रहेर पनि मल्मल्किरी समाज
खोज्दै सुख सयल अमन चयन,
आफुलाई बेचिछु पत्तै भएन
गलाको लाली रंग सब गएछ ,
अब त देश छोडेको पनि दसक भएछ,
ति मेरा प्यारा नगरकोट ककनी,
बिन्ति छ आइदेउ केवल सपनी
बिदेसी भुमि संग नाता गाडा भो
खोलि र झलुङ्गे पुल अब सब टाढा भो
देख्दिन कतै फाट र वारी कता छन् मेरा हरिया
सल्ला घारि सुन्दिन कतै काफल पाक्यो,
काफल पाक्यो न सुन्छु कतै भाले बस्यो
धेरै छ झिलिमिली तर शान्ति छैन
ब्यस्त शहर कहिले रोकिदैन सुनौलो
भबिस्य खोज्दै खोज्दै आए,
थाहा नपाई महादेश मै हराए
मन र भवनासबै छन् नेपाल,
अब त छोरो भन्छ बाको देश नेपाल
श्रीमती खुसी झिलिमिली देखि
छोरो त अब वैसक्यो बिदेशी
न छोड्न सक्छु यो कर्म देश
तर्सौछा झझल्को जन्म देश,
फर्केर जादानी अब कसले चिन्नला,
अलि अलि अधिकार त राज्यले छिनला
आएथे पढ्न बिद्यार्थी भीषा
बनायो अहिले पर्देसिया
दुइ थोपा आसु तुरुका झर्यो
आफ्नै पिढीमा टेक्न बिसआ लाउनु पर्यो
पिडा भयो यो मनले सहेन,
बेचिछु आफैलाई पत्तै भएन ।
अभिषेक सिलवाल
क्यानबेरा, अष्ट्रेलिया
२/२/२०१७

FB34B666-7C83-4589-8436-F79A688A3CDA-245x300 परदेशीको पिडा

Total Page Visits: 1457 - Today Page Visits: 1
Shares