गॉंउहरु गॉंउ जस्तै रहेनन शहर भए
देश फर्कन्छु गॉंउ बस्छु सबै रहर भए

छोराहरु छोराहरुजस्ता कहिल्यै बनेनन
संधै तरुनी पछ्याउने बोका भए बहर भए ।

हिजो पनि बाको दुख संझदै रात कट्यो
मनभीत्र जम्मा छन् यस्ता कति प्रहर भए

दुख संधै निधारवाट तप्प चुहिने गर्छ
जति गरेपनि रुपैया भएनन मोहर भए

यसपाली पनि घर जाने मन बनाएको छु
अहिले पनि त्यहि हुन्छ जे पोहर भए ।
बिनायक अधिकारी
२४ जनवरी २०१८

Total Page Visits: 812 - Today Page Visits: 1
Shares