मानब शर्मा, क्यानबेरा ।

अष्ट्रेलियाको राजधानी क्यानबेरामा साझा तथा सवल एनआरएनएले आफना उमेदबार सार्वजनिक गरेको छ । मिट एण्ड ग्रिट नाम दिएर गरेको कार्यक्रममा आफना समुहका सदस्यहरुलाइ प्रस्तुत गर्दै एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष तथा एसिटिका कोअर्डीनेटर अशोक बस्नेतले समूहका सबै साथिहरु सामाजिक रुपमा सक्रिय रहेको र आफनो पल्ला भारि रहेको बताउदै आफनो बिजय सुनिश्चित रहेको बताउनुभयो ।

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका महासचिव पदका उमेदवार राजु अधिराकको उपस्थिति रहेको थियो । उमेदबार घोषणासाभामा बोल्दै अधिकारीले आफुले अष्ट्रेलिया आएदेखिनै नेपाल र नेपालका हरेक शुख दुखमा साथ रहँदा आएको र एनआरएनका अन्य पदहरुमा रहि आफनो कार्यक्षमता प्रस्तुत गरेको हुनाले आफु महासचिव पदमा सक्षम रहेको दाबि गर्नुभएको छ । उहॉंले सबैजनाले नन्द गुरुगं अध्यक्ष रहेको साझा एनआरएनए सवल एनआरएनएका साथिहरुलाइ मतदान गर्न पनि सबै अष्ट्रेलियामा रहनुभएका नेपालीहरुलाइ अनुरोध गर्नुभएको छ । अधिकारिले आफु र आपनो प्यानललाइ रहेका सबै सदस्यहरु सहित आइसिसि सदस्यहरुको बिवरण दिदै नामावलि सहित भोट अपिल गर्नुभएको थियो ।

09D2A17A-EB36-4952-88A9-2D38EB891081-1024x766 साझा तथा सवल एनआरएनए एसिटिले गर्यो उमेदबार सार्वजनिक ।टिम बिजय नजिक रहेको जानकारि ।
महासचिव पदका उमेदबार राजु अधिकारी ।

एनआरएनए एसिटिका लागी साझा एनआरएनए सवल एनआरएनए बाट कोअर्डिनेटरमा अशोक बस्नेत, डेपुटि कोअर्डिनेटरमा बिक्रम सुबेदि, कोषाध्यक्षमा बिशाल कणेंल, सहसचिवमा सिता पौडेल, सदस्यहरुमा बसन्त भट्ट, पारस मल्ल, राम खड्का र सुबास चापागाइ रहनुभएको छ । त्यस्तै एनसिसि सदस्यहरुमा बिनोद उप्रेती र सुमन देवकोटा रहनुभएको छ भने नारि निकुन्ज समूहमा अर्को समूह नरहेका कारण निर्बिरोध भइसकेको छ भने यूथ कोअर्डिनेटरमा सागर पौडेल रहनुभएको छ । यूथ डेपुटि कोअर्डिनेटरमा अर्जुन केसी सहित सदस्यहरु निर्विरोध भइसक्नु भएको छ ।

कार्यक्रममा बोल्दै कोअर्डिनेटरका उमेदबार अशोक बस्नेतले आफु दुइवटा कार्यकाल डेपुटि कोअर्डिनेटरमा रहेर कार्य गरिसकेको हुनाले र समाजका हरेक कार्यहरुमा सक्रिय रुपमा संग्लग्न रहेको हुनाले पनि आफु कोअर्डिनेटर पदमा सवल रहेको बताउनुभएको छ । बस्नेतले आफनो समूहमा बिक्रम सुबेदि जस्तो सामाजिक ब्यक्तित्व डेपुटि कोअर्डिनेटरमा रहेको, काशी भुषाल र बिशाल कणेलजस्ता एनआरएनमा रहेर आफुलाइ प्रमाणीत गरिकयसकेका यूवाहरु रहेको हुनाले पनि आफनो समूह जितको नजिक रहेको बताउनु भएको छ ।

09D2A17A-EB36-4952-88A9-2D38EB891081-1024x766 साझा तथा सवल एनआरएनए एसिटिले गर्यो उमेदबार सार्वजनिक ।टिम बिजय नजिक रहेको जानकारि ।
एनआरएनए एसिटि कोअर्डिनेटर पदका उमेदबार अशोक बस्नेत ।

एनआरएनए अष्ट्रेलियाका लागी डेपुटि यूथ कोअर्डिनेटरमा निर्विरोध भइसक्नु भएका चन्द्र तिबारीले सबैजनालाइ धन्यवाद दिदै आफुले यूथहरुलाइ आफुले सक्दो सहयोग गर्ने र कहिल्यै ऑंउ आउन नदिने बताउनुभएको थियो ।

कार्यक्रममा एसिटिको निर्बाचन समितिले भोट हाल्ने नियमका बारेमा जानकारि दिएको थियो । कार्यक्रममा निर्वाचन बारे जानकारि दिदै एसिटिका प्रमुख निर्वाचन आयुक्त आशिष सापकोटाले भोट गर्दा ६० सेकेण्ड भन्दा बढि समय लागेका अर्को पिन नम्बर आउने र एउटा आइपि बाट ४ बटा भन्दा बढि भोट दिन नमिल्ने बताउदै फेरि सोहि आइपिबाट भोट हाल्न परेमा एक घण्टा पछि बल्ल अर्को भोट गर्न मील्ने कुरा बताउनु भयो । उहॉंले अन्य नियन्ता बारेमा पनि भोटरहरुलाइ जानकारि दिनुभएको थियो ।

कार्यक्रम जेएसएस क्यानबेराका सभापति अशोक सुबेदिले संचालन गर्नुभएको थियो भने एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष चुडामणि सापकोटा, फेन्काका अध्यक्ष डा कृष्ण हमाल, समाजसेवी डा दुर्गादत्त कणेल लगाएतका सयौं भन्दा बढि ब्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम गोल्डन स्पुन क्याफे फिसवीकमा रहेको थियो ।

Total Page Visits: 2458 - Today Page Visits: 1
Shares