बिनायक अधिकारी

एनआरएनए भन्ने बित्तिकै सबैका एउटै कुरा खेल्छ “मेरो एनआरएनए” मानिसहरुमा बिभिन्न किसिमका भ्रम बितृष्णा र फरक मत देखिएको छ । तपॉंइले ऑंफैलाइ आना अगाडी उभीएर हेर्नुभयो भनेपनि आफनै बारेमा राम्रा कुराहरु र नराम्रा कुराहरु पत्ता लगाउन सक्नुहुनेछ भने यो संस्था हो । फरक समयमा फरक सोचका मानिसहरुले चलाइरहेका छन् । तर पनि संस्थाको मुख्य निष्कर्ष के हो भने भोलिका दिनमा अष्ट्रेलियामा शुख दु:खमा आफनै संस्था भनेर सहयोग माग्ने कहॉं ? एनआरएनए होइन ? मानिसहरुले सबैकुरा नकारात्मक मात्रै पनि देख्नु हुदैन । कोहि ब्यक्ति मन परेन भनेर संस्थै नराम्रो भन्ने ? यो ब्यक्तिगत यो ब्यवहार मन परेन भन्न पाइन्छ तर संस्था ऑंफैमा नराम्रो कहॉं र कुन छ ? तसर्थ नकारात्मकतामा पनि सकारात्मकता खोजौं ।
अष्ट्रेलिया यतिबेला चुनाबि सरगर्मीमा छ । नेपालबाटै आएका हामीलाइ पार्टिगत लान्छाना लाएर समाजमा गरेका सकारात्मक कुराहरुलाइ पनि पार्टिमा जोडेर राम्रोलाइ पनि नराम्रो देखाउने गरिन्छ यो सरासर गलत मानसिकताको उपज हो । जतिसुकै बिकसित देशमा बसेपनि हामी नेपालबाट आएको हौं र हाम्रो सोचमा हिजोको राजनितिक चेतनाको झल्को अवस्य ऑंउछ । तपॉंइले जतिसुकै म राजनितिमा लाग्दिन भनेपनि बाहिर नदेखिने हो भित्र देखिन्छ । यतिखेर अष्ट्रेलियाको चुनावमा पनि दिइ खेमा देखिएको छ । नन्द गुरुगंको प्यानललाइ लोकतान्त्रिक र देव गुरुगंको प्यानललाइ लेफ्टिष्टको संज्ञा दिइएको छ ।

अव नन्द गुरुगंको प्यानललाइ भोट किन दिने भन्ने सवालमा हामीलाइ समाजमा चाहिने ब्यक्ति कस्तो हो भन्ने कुरा ऑंउछ । समाजका हर कुराहरुमा साथ र सहयोग गर्नु । शुखमा र दुखमा संगै हुन सक्नु । आर्थिक अवस्थाले पिरोलिदै गर्दा मन उदार गर्नु र ऑंफुलाइ भन्दा ठुलो समाज हो भनेर सोच्नु नै नन्द गुरुगंको बिशेष पहिचान हो । एउटा सोझो लमजुगें गुरुगंले अष्ट्रेलियाको समाजलाइ आवस्यक पर्दा होस वा देशमा भुँइचालो, बाडी र पहिलो देखि ब्यक्तिगत बिरामी भएर पैसाको अभावसंग छटिएकाहरुलाइ सहयोग गर्नुनै गुरुगंको ठुलो सकारात्मक पक्ष हो । एनआरएनए अष्ट्रोलियाको उपाध्यक्ष हुदै प्रवक्ता बन्नुभएका गुरुगं समाजलाइ सहयोग र एकताबद्ध गर्न सामाजिक, साहित्यिक, खेलकुद र अन्य थुप्रै कुराहरुमा निरन्तर सहयोगी हुनुनै उहॉंको सवल पक्ष हो तसर्थ हरेक नेपालीले दिने भोटमा नन्द गुरुगंको नाम छुट्नु हुदैन ।

नन्द गुरुगंको प्यानलका अर्का सबैभन्दा बलिया खम्वा राजु अधिकारीको नाम हो । डार्बिनको नेपाली समाजको संस्थापक राजु अधिकारीलाइ अष्ट्रेलियामा नचिन्ने कमै हुनुहुन्छ । पेशावर इन्जिनियर राजु अधिकारीको सवल पक्ष भनेको समाजलाइ जे पर्दा जतिबेला पनि समय दिन सक्नु हो । हाल अष्ट्रेलियाको राजधानिमा बसोबास गर्दै आउनुभएका राजु अधिकारी क्यानबेराको एउटा असल, कर्तव्य निष्ठ र सामाजिक उत्तरदायित्व बोकेको ब्यक्तिको रुपमा चिनिन्छ । क्यानबेराको नेपाली समाजलाइ अष्ट्रेलियाको राजनिति सम्म पुर्याउन एउटा भर्यॉंगको रुपमा पनि राजु अधिकारीको नाम सबैभन्दा अगाडी ऑंउछ । बर्तमान एनआरएनए अष्ट्रेलियाको आइसीसीमा सबैभन्दा धेरै मत ल्याउन सफल अधिकारी जस्तोसुकै सामाजिक कार्य होस वा साहित्यिक कार्यक्रम होस वा खेलकुद सबै क्षेत्रलाइ संगसंगै अगाडी बढाउनु पर्छ भन्ने राजु सकारात्मक सोच अष्ट्रेलियाको नेपाली समाजका लागी नभइ नहुने कुरा हो तसर्थ सबै स्टेट र टेरोटरिमा आफनो सवल पक्षले चिनिनुभएको राजु अधिकारी लाइ भोलिको अष्ट्रेलियाको नेपालीमाझ बलियो खम्वाको रुपमा हेरिएको छ ।
एनएसडब्लु राज्यमा आफनो कार्य कौशलताले बलियो प्रभाव पार्न सफल नाम हो सन्ध्या शाह । घर सम्हाल्नु, दैनिक काममा जानु र दुइ छोरी सहित परिवारको हेरचाह मात्रै नभइ पुरै एनएसडब्लु राज्यमा निरन्तर आफनो कामले प्रभाव पार्न सक्नु पनि महिलाको लागी कम चुनौतिको बिषय होइन । एनएसडब्लुको राज्य संयोजक र एनआरएनए अष्ट्रेलियाको उपाध्यक्षको कार्यभार सफलतापूर्वक गरिरहनु भएकी एउटा सफल महिलाको रुपमा सन्ध्या शाहलाइ हेरिएको छ । महिला अधिकारदेखि महिलाहरुले भोग्नु पर्ने सामाजिक आर्थिक र घरेलु हिंसाका आवाज बुलन्द गर्ने सन्ध्या शाहलाइ अष्ट्रेलियामा एउटा सशक्त नारीका रुपमा लिने गरिएको छ । नन्द गुरुगंको प्यानलको सवल पक्ष भनेको पनि समाजमा एनआरएनएको रहेर आफनो कार्य कौशलता देखाएर निखारिएका ब्यक्तिहरु हुन ।

बर्तमान कार्यसमितिमा आफनो कार्य कौशलताले सबैलाइ प्रभाव पार्न सफल नाम हो अनिल पोखरेल । आफनो ज्ञानको क्षेत्र, पदिय दायित्व एउटै हुनाले र आफुले बोलेको ३/३ महिनामा प्रतिबेदन पेश गरि अष्ट्रेलियाको आर्थिक पक्षलाइ सदस्यसामु पुर्याउन सक्नुनै अनिलको बिशेष पक्ष हो । अवको कार्यसमितिमा ट्रेजररको रुपमा बलियो उमेदबारको रुपमा अनिल पोखरेललाइ हेरिएको छ । अंनिल पोखरेलले दह्रो साथ राज नगरकोटिको रहने छ ।

त्यस्तै गरेर नन्द गुरुगंको प्यानललाइ ससक्त बनाउने नाम हो बबिन मिश्र । मेलवर्नबाट प्रतिनिधित्व गर्ने बबिनले आफनो बलियो कार्य कोशलता प्रदान गरेर अष्ट्रेलिया भरिबाट यूवा संयोजकको रुपमा आफुलाइ उभ्याउनु भएका बबिन मिश्र एउटा बलियो खम्वा हो ।
सामाजिकरुपमा यो ब्यक्ति नभइ हुदैन है भन्ने बनेर प्रस्तुत हुनुभएको चन्द्र तिवारी राजधानिबाट यूवा उपसंयोजकको रुपमा हुनुहुन्छ । क्यानबेराले अत्यन्तै रुचाएका ब्यक्तिलाइ अव पुरै अष्ट्रेलियाले आफनो बनाउनेमा दुइमत छैन ।

त्यस्तै अन्य संसक्त यूवाहरुमा क्षितिज बुढाथोकि, रन्जित राज वन्त र रमेश अधिकारी हुनुहुन्छ । यिनै क्षमताबान यूवाहरुका साथ र सहयोगले नन्द गुरुगंको प्यानल बिजय भएमा अष्ट्रेलियामा एनआरएनएको बलियो शाख हुनेछ भन्ने बिश्वास आम जन माइनसमा रहेको छ ।
पुरै प्यानलको नाम तल दिइएको छ ।
अध्यक्ष : नन्द गुरुगं
महासचिव : राजु अधिकारी
सचिव : सन्ध्या शाह
कोषाध्यक्ष : अनिल पोखरेल
सह कोषाध्यक्ष : राज नगरकोटि
सदस्य : रमेश अधिकारी
यूवा संयोजक : बबिन मिश्र
उप संयोजक : चन्द्र तिवारी
सचिव : क्षितिज बुढाथोकि
कोषाध्यक्ष : रंजित राज वन्त

उहॉंहरु “साझा एनआरएनए सवल एनआरएनए” नारालाइ लिएर एउटा समूहमा हुनुहुन्छ ।

Total Page Visits: 2687 - Today Page Visits: 1
Shares