यहि फेब्रुअरी 20, 2021 शनिबार, अस्ट्रेलियाको राजधानी क्यानबेरामा रोयल क्यानबेरा फुटबल क्लब (RNCFC) ले आयोजना गरेको Brimta Royal Festival Cup सम्पन्न भएको छ। बिहान ८ बजे सुरुभएर बेलुका ६ बजे समापन भएको उक्त कार्यक्रममा रोयोल नेप्लीज निलो, रोयल नेप्लीज सेतो, क्यान्बेरा नेप्लीज रातो, क्यानबेरा नेप्लीज ओरेन्ज, क्याम्सी फुटबल क्लब, लुम्बिनी फुटबल क्लब,नेपाल युनाईटेड फुटबल क्लब, साउथ साईड फुटबल क्लब, बुचान एघार फुटबल क्लब गरि ७ टिम सहभागी थिए।
वरिष्ठ समाजसेवि तथा समाजका अग्रज डा कृष्ण हमालले पानसमा दिप प्रजोलन गरि कार्यक्रमको बिधिबतरुपमा उदघाटन गर्नु भएको थियो। कार्यक्रमको अध्यक्षता कल्बका अध्यक्ष शुसील पोख्रेलले, कार्यक्रम संयोजक सोहि क्लबका सचिव खड्काले र क्लबका म्यानेजर श्री मिलान थापाले कार्यक्रमको ब्यवस्थापन सम्हाल्नु भएको थियो । क्लवका कप्तान सबिन पौडेलले सम्लग्न टिमको ब्यवस्थापनमा योगदान दिनुभएको थियो ।

कार्यक्रममा सफल पार्न डा पवन प्याकुरेलले स्वास्थ तथा भभितब्यताको लागि भोलीन्टेरिङ गरिदिनु भएको थ्यो भने प्रस्तोताको रुपमा सुमन देबकोटा र नवीन पौडेल हुनुहुन्थ्यो।

सबै खेल अत्यन्तै प्रतिस्पर्धात्मक रहेको कार्यक्रममा फाइनलमा आयोजक रोयल क्यान्बेरा निलो रोयल नेपाल फुटबल क्लब रातो पुगेका थिय। अत्यन्तै प्रतीप्रधात्मक खेल पेनाल्टी सुटमा पुगेको थियो र अन्तमा क्यानबेरा नेपाल फुटबल क्लब रातोले आयोजकलाई दोस्रो बनाउदै उपाधिमाथि आफ्नो दाबी जमायो।

खेलपछी खेलाडीलाई पदक तथा कप बितरण गर्नेमा डा कृष्ण हमाल, NRNA उपाध्यक्ष श्री चुडामणिा सापकोटा, क्लवका अध्यक्ष श्री सुशील पोख्रेल, aussie finance and home loan का श्री गोपाल वली तथा श्री राजकुमार केसी, सचिव श्री जेनित खड्का तथा म्यानेजर श्री मिलान थापाले क्रमश: बिजेता, उपबिजेता, स्वंसेवक तथा उत्कृष्ट खेलाडीहरुलाई पदक बितरण गर्नु भएको थियो। बिजयी टिमले कप मेडल संगै $११०० नगद पाएको थियो ।

Brimta education recruriment services canberra को प्रमुख प्रायोजनमा आयोजना भएको ब्रीम्टा रोयल फेस्टीबल कप मा Aussie finance and home loan सह प्रायोजक तथा अन्य प्रायोजकहरुमा Golden spoon event centre, Neplay events,DM legel australia,Janaki Removalist,Namaste Indian Resturant,Para homes ra Global driving थिए।

प्रतियोगिताको Fairest Playing Team को ऊपाधि भने Bhucan XI टिमले हासिल गरेयो र क्रमश
-Highest Goal Scorer
( Sup Gurung)

  • Royal Nepalese Canberra Fc

-Best Player
(Bishal Gurung)
Royal Nepalese Canberra Fc

Best Goal Keeper
( Rajan Aryal )
Canberra Nepalese Fc

Total Page Visits: 2307 - Today Page Visits: 1
Shares