गजल

आउला कि नआउला जो सरकार गाउँमा
बालुवाटार र राजधानिको अधिकार गाउँमा !!

बिखन्डित अनुभुति टुक्रिएको आभाश मात्र
कसले हो सुन्ने अब हाम्रो सरोकार गाउँमा !!

स्वाभिमानको खातिर रेटिए शिर सिमानामा
लगाएस है मजबुत कडी र गजवार गाउँमा !!

सुनिन्छन् अनेकौं कानेखुशी तेरोमेरो भन्नेको
गर्लान् त के साँच्चै अब परोपकार गाउँमा !!

देखेका थियौं लाखौं सपना खुल्ला आँखाले
गरेस है सरकार ति सपना साकार गाउँमा !!

– कल्पना पौडेल आचार्य
स्पेन

Total Page Visits: 1184 - Today Page Visits: 1
Shares