काठमाडौं । पूर्वसभामुख सुवास नेम्वाङ राष्ट्रपति बन्ने सम्भावना बढेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पुनः दोहोरिने इच्छा र एमालेका वरिष्ठ नेता झलनाथ खनालको तीव्र चाहना विपरीत नेम्वाङको राष्ट्रपतिमा सम्भावना बढेको स्रोत बताउँछ ।

सभामुख बन्नुअघि पनि नेम्वाङको राष्ट्रपतिमा नाम आएकै थियो । तर समय र परिस्थितिले विद्या राष्ट्रपति भइन् ।

यसपटक राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा नेम्वाङको सम्भावना बढेको हो । नेम्वाङ जनजातिको कोटामा समेत आउँदा एमालेले भागबण्डा पनि राम्रोसंग गरेको देखिने बताइन्छ ।

जनजातिहरु पनि गौरव गर्न सक्ने स्थिति देखिने भए पनि एक जनजाति नेता भने आफूहरुको आन्दोलनलाई नेम्वाङले खासै नसघाएको गुनासो गर्छन् ।

उनले भने, ‘रिसईवी नसाँध्ने हो भने नेम्वाङ राष्ट्रपति बन्नु हाम्रा लागि गौरवकै विषय हो । ‘

के गर्दैछन् त नेम्वाङले ?
विद्यादेवीको दोहोरिने इच्छा र झलनाथ खनालको पनि जिम्मेवारी आए पछि हट्दिन भन्ने लबिङका बीचमा आएका नेम्वाङले आफ्नो भनसुन तीव्र पारेका छन् ।

शुक्रबारको दिनसम्म ५० प्रतिशतको सम्भावना बोकेका नेम्वाङ शनिबारदेखि ५१ प्रतिशतमाथि लागेको स्रोत बताउँछ ।

स्रोत भन्छ, ‘उहाँको सम्भावना बढेर आयो, उहाँले राखेका विचारलाई उच्चतहबाटै सकारात्मक रुपमा लिइएको छ ।’

नेम्वाङले सिनियर नेताहरुसंग आफ्नो इच्छाबारेमा अवगत गराइसकेका छन् ।

के होला विद्या र झलनाथको ?
विद्याले अतृप्त हुँदै पुनः दोहोरिने इच्छा देखाएकीमात्र छैनिन् सत्ता साझेदार माओवादी केन्द्रसंग पनि सेटिङ मिलाएकी छन् ।

उनले उपराष्ट्रपतिमा माओवादीका नन्दबहादुर पुन पनि पुनः दोहोरिनुपर्ने धारणा राखेकी छिन् । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगका पटकपटकका भेटमा उनले बफ्नो इच्छा जनाइसकेकी छिन्।

यसको मतलब उनले आफू पनि दोहोरिने भनेकी हुन् । विद्याले आफूलाई सहज होस् भन्नका लागि कानुन नै नहेरी प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले ल्याएको प्रस्तावमा राष्ट्रिय सभाका तीन प्रतिनिधिमा लालमोहोर लगाएकी थिइन् ।

जबकी त्यो विषय मुद्दा बनेको छ । यो मुद्दामा विद्या अनावश्यक फसेकी छिन् । प्रतिपक्षी उनको विरुद्ध खुलेर सडकमा आएको छ।

झलनाथ पनि आफू नै राष्ट्रपतिको बलियो दावेदार भएको प्रचारप्रसार गर्दै हिंडेका छन् । सीधै नभनेर उनले राष्ट्रपतिको जिम्मेवारी आए पछि नपर्ने बताएका छन्।

झलनाथले अझै हिम्मत हारेका छैनन् ।

के गर्लान् ओलीले ?
प्रधानमन्त्री केपी ओलीले आफ्नो वश चल्यो भने फेरि पनि विद्यालाई नै दोहोर्याउँथे । तर सबै कुरा उनमा मात्र निहित छैन ।

नेम्वाङ पनि उनी समर्थक नै हुन् । त्यसैले गर्दा नेम्वाङको हकमा के गर्न सकिन्छ भनी उनी चिन्तित हुन थालेको बालुवाटार स्रोत बताउँछ ।

ओली तनावमा रहेको बुझिन्छ । पार्टीभित्र पनि भागबण्डा मिलाउनु पर्ने भएकाले उनलाई पनि सकस नै छ ।

नेम्वाङ वा अरु कोही राष्ट्रपति बन्दा विद्यासंग जस्तो ट्युनिङ नमिल्ने हो कि भन्ने आशंका ओलीलाई बढेको छ । त्यसकारण पनि ओली सकेसम्म अझै पनि विद्यालाई नै राष्ट्रपति बनाउन चाहिरहेका छन्। तर नेम्वाङको व्यवस्थापन गर्ने सन्दर्भमा उनलाई राष्ट्रपतिको उमेद्वार बनाए आश्चर्य नहुने एमालेका नेताहरुको बुझाइ छ।

स्रोत : हाम्राकुरा डट कम281CA94D-1F7D-43CF-83D3-6A72CEE2B4CA-300x186 राष्ट्रपतिमा सुभाष नेम्वागंको सम्भावना बढ्यो ।

Total Page Visits: - Today Page Visits:
Shares