नेपालको राष्ट्रिय खेलको रुपमा परिचित भलिवल खेल अष्ट्रेलियाका नेपालिहरु बिच निकै चर्चित छ । सिड्निमा झण्डै १० स्तरिय क्लव छन् त्यस्तै मेलबर्न, ब्रिजवेन, पर्थ र एडिलेडमा पनि नेपाली भलिवल क्लव छन् र प्रतियोगिताहरु भइरहन्छन् । त्यसो त सिड्निमा बर्षमा ५/६ वटा ठुला प्रतियोगिता हुन्छन् । क्यानबेरामा पनि भलिवल खेल चलिरहेको छ । नयॉं आउने र पुराना जाने क्रम चलिरहने हुनाले पनि क्लवलाइ खेलाडीहरु चाहिन्छ र प्रतियोगिता हुनु जरुरि छ । प्रतियोगिताले नयॉं खेलाडीहरु जन्माउन मद्धत गर्दछ ।

EA60D99F-1A9A-4FC6-9C3C-E7A7EFF78AD8 क्यानबेरामा एकदिवसीय भलिवल प्रतियोगिता हुदै ।खेल्ने ठॉंउ परिवर्तन ।

क्यानबेरा नेपलिज भलिवल क्लवले यहि ऑंउदो जुलाइ ९ सनिबारका दिन क्यानबेरा क्षेत्रमा रहेका नेपाली भलिवल खेलाडीहरु सम्मिलित समूह बनाएर प्रतियोगिता गर्ने भएको छ । सक्सेस एजुकेशन एण्ड भिड़ा सर्भिसेजको मुख्य प्रायोजन रहेको क्लवले “सक्सेस कप” आयोजना गर्न लागेको कुरा क्लवका अध्यक्ष यूवराज खनियाले “मेरो कपुरी क” लाइ बताउनु भएको छ । यस्ता आयोजनाले खेलाडी र प्रायोजक दुबैलाइ फाइदा पुग्ने हुनाले यस्ता प्रतियोगिता हुनुपर्ने र आउदा दिनहरुमा क्लवले सक्रिय रुपमा गर्ने खनियाको तर्क थियो ।

EA60D99F-1A9A-4FC6-9C3C-E7A7EFF78AD8 क्यानबेरामा एकदिवसीय भलिवल प्रतियोगिता हुदै ।खेल्ने ठॉंउ परिवर्तन ।

क्लवले पहिलो र दोस्रो हुने समूहलाइ नगद, कप र मेडल प्रदान गर्ने छ । क्लवले प्रतियोगितामा भलिवल खेल्न इच्छुक खेलाडीहरुलाइ क्लव वा सम्पर्क ब्यक्तिहरु भीम केसी, राजकुमार केसी, अर्जुन केसी र जीवन बखुन्चेलाइ सम्पर्क गर्न अनुरोध गरेको छ । हाल क्लवलाइ सक्सेज एजुकेसन एण्ड भिजा सर्भिसेज, एसबिए मोर्गेज सोलुसन, अजी फाइनान्स एण्ड होम लोन, कन्फिडेन्टल रियल स्टेट, एजे कम्प्लिट सोलुसन, आरके होम लोन र डिस्काउन्ट ग्रोसरिले प्रायोजन गरेका छन् । प्रतियोगिता जुलाइ ९ सनिबारका दिन बिहान ७ बजेदेखि १ बजे सम्म कलिन स्पोर्टस सेन्टरमा हुने भनिएको खेल एक्टिभ लेजर सेन्टर इरेन्डेलमा हुनेछ । प्रतियोगिताको प्रथम पुरस्कार $५०० सक्सेस एजुकेशन एण्ड भिजा सर्भिसेजले ५००, अजी होन लोनले दोस्रो पुरस्कार $३०० र अन्य पुरस्कारहरु एसबिए मोर्गेज सोलुसनले दिने भएको छ ।

EA60D99F-1A9A-4FC6-9C3C-E7A7EFF78AD8 क्यानबेरामा एकदिवसीय भलिवल प्रतियोगिता हुदै ।खेल्ने ठॉंउ परिवर्तन ।
EA60D99F-1A9A-4FC6-9C3C-E7A7EFF78AD8 क्यानबेरामा एकदिवसीय भलिवल प्रतियोगिता हुदै ।खेल्ने ठॉंउ परिवर्तन ।

Total Page Visits: - Today Page Visits:
Shares