एनआरएनए एसिटिले यूवा पुस्तालाइ बिशेष लक्षित गर्दै राइटिंग स्किल नामक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सेलेक्सन क्राइटेरिया र रेजुमे कसरि लेख्ने? कसरि लेख्दा जागीर पाउन सजिलो हुन्छ र जागीरमा प्रवेश गर्न यसको कस्तो महत्व हुनेछ भन्ने बिषयमा ज्ञान प्रदान गरेको छ । यसका लागी बिशेष अनुभव रहेका निक हुर्ले सहित थप अनुभवि नेपाली ब्यक्तित्वहरुले ७० जना भन्दा बढिको उपस्थिति लाइ अनुभव र ज्ञान सेयर गर्नुभएको छ ।
![[Tags] 213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 राइटिंग स्किल कार्यक्रम सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5.jpeg?resize=640%2C229&ssl=1)
बिशेषत क्यानबेरामा रहेर जो जागीर पाउनुभएको छैन वा उपल्लो तहमा जानका लागी प्रयास गर्दै हुनुहुन्छ भने त्यस्ता ब्यक्तिहरुलाइ सम्वन्धित संस्था वा त्यस बिषयमा ज्ञान भएका अनुभविहरुलाइ खोजेर सहयोग गर्ने र जसलाइ यस्तो ज्ञान चाहिएको छ उहॉंहरुलाइ संस्थामा नाम दर्ता गर्न लगाउने र सकेसम्म मासिक रुपमा यस्ता कार्यक्रम आयोजना गर्ने योजना रहेको संयोजक अशोक बस्नेतले बताउनु भएको छ । नयॉं साथिहरुलाइ सहयोग गर्नका लागी स्थानिय ब्यक्तिहरु जो यस्तै कार्यहरुमा संलग्न हुनुहुन्छ उहॉंहरुले पनि नयॉं अनुहारहरुलाइ आफना अनुभवहरु बाड्ने हुनेछ जसले गर्दा भोलिका दिनमा थप सम्पर्कमा रहेर अन्य अत्यावस्यक कामहरु गर्न सजिलो हुने कुरा पनि बस्नेतले बताउनु भएको छ ।
कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका महासचिव राजु अधिकारी, सिएनएफसिका अध्यक्ष सुरज पौडेल, एएनएफएसका अध्यक्ष आशीष देनकोटा, अग्रजहरु अन्नत ज्ञवाली र कुश पन्त लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रम १६ जुलाइ २०२२ सनिबारका दिन बिहान ११ बजेदेखि ड्यानम्यान प्रोस्पेक्टमा भएको थियो । आयोजक संस्थाले उपस्थित सबैलाइ प्रमाणपत्र बितरण गरेको छ । कार्यक्रमलाइ सक्सेस एजुकेशन तथा भिजा सर्भिस, ग्रेस इन्टरनेशनल र केटिएम साउन्ड सिष्टमले सहयोग गरेका थिए । संयोजक बस्नेतले कार्यक्रममा उपस्थित हुने र सहयोग गर्ने सबैलाइ धन्यवाद ब्यक्त गर्नुभएको छ ।
![[Tags] 213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 राइटिंग स्किल कार्यक्रम सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/BE5E6DDF-8696-4540-8C87-81EC5732DE57-scaled.jpeg?fit=640%2C480&ssl=1)
![[Tags] 213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 राइटिंग स्किल कार्यक्रम सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/3C7E1DD2-53CF-4256-AFD8-E818E1EA8E9D-scaled.jpeg?fit=640%2C480&ssl=1)
![[Tags] 213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 राइटिंग स्किल कार्यक्रम सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/BD892B21-4D8C-4956-95B4-D670881F85BE-scaled.jpeg?fit=640%2C853&ssl=1)
![[Tags] 213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 राइटिंग स्किल कार्यक्रम सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/8B4DC72E-4A2F-4D27-998A-0226E32E3B60-scaled.jpeg?fit=640%2C853&ssl=1)