अष्ट्रेलियाको राजधानी क्यानबेरामा भानुजयन्ति सम्पन्न भएको छ । प्रमुख अतिथिको रुपमा बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल रहनुभएको थियो ।पौडेलले पानसमा बत्ति बालि भानुभक्तको फोटोमा फूल तथा अबिर अर्पण गरि कार्यक्रम उद्घाटन गर्नुभएको थियो । अनेसास क्यानबेराले गरेको यस कार्यक्रमलाइ संस्थाकी उपाध्यक्ष महता चापागॉंइले स्वागत गर्नुभएको थियो भने संस्थाका अध्यक्ष चन्द्र तिवारीले भानुभक्तका बारेमा बोल्दै उपस्थितिलाइ स्वागत र सहयोगी सबै संघ संस्थाप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 गजल कविताले संझदै मनाइयो भानु जयन्ति ।
https://successedu.com.au/

बिशेष अतिथिको रुपमा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष अशोक बस्नेतले कार्यक्रममा बोल्दै कार्यक्रम आयोजक प्रति धन्यवाद ब्यक्त गर्नुभएको थियो । नेपाली भाषा साहित्यिक नेपाल चिनाउने अवसर रहेको कुरा बतॉंउदै उहॉंले नेपाली पोशाक र भाषा जोगाउने अवसरलाइ सदैव सहयोग गरिरहने बिश्वास ब्यक्त गर्नु भएको छ । कार्यक्रममा अन्य बिशेष अतिथिका रुपमा साहित्यकार त्रिपुरा पौडेल, निर्मल भट्टराइ नेपाली दुताबास द्वितिय सचिव, यादव कोइराला नेपाली दुताबास तृतीय सचिव रहनुभएको थियो ।

213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 गजल कविताले संझदै मनाइयो भानु जयन्ति ।

प्रमुख अतिथिको रुपमा बोल्दै बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले आफूले आजको सहभागीता देख्दा क्यानबेरा देशको राजधानी साथै नेपाली भाषा साहित्य तथा सॉंस्कृतिक राजधानी हुने बिश्वास लागेको कुरा ब्यक्त गर्नुभयो । पौडेलले बोल्दै आफु आज साहित्य भन्दा पनि चलचित्रको कार्यक्रममा आए जस्तो लाग्यो सबै अब्वल हिरो, निर्देशक र हिरोइन आए जस्तो लाग्यो सबै आफना बिधामा सशक्त रहेको कुरा ब्यक्त गर्दै आफना मिठा गजलहरु सुनाउनुभएको थियो ।

बिशेष गरेर श्रोताहरुले तुलसा पाण्डे र सिद्धि बिनायक नेपालीका गजल सुन्न आत्तुर रहेको बताइरहनुभएको थियो । उहॉंहरुका गजलले दर्शकको वाह वाहि पाएका थिए । बिकाश सापकोटाको कविताले पनि सबैको ध्यान खिच्यो भने पहिलो पटक स्टेज चढेको बिताउने इश्वर कोइरालाका कबिता पनि स्तरिय थिए । कार्यक्रममा महता चापागाइ, समीर गुरुगं, यादव कोइराला, प्रकाश लुइटेल, प्रकाश सापकोटा, निर्मल भट्टराई, काशी भुशाल, अमृत पौडेल, सन्देश भण्डारी र गोमा उप्रेतीद्वारा कविता गजल बाचन भएका थिए । भने प्रविन सापकोटा, बिक्रम शर्मा र तुल्सा पाण्डेको दोहोरीले माहौल थप रमाइलो बनाएको थियो ।

213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 गजल कविताले संझदै मनाइयो भानु जयन्ति ।
213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 गजल कविताले संझदै मनाइयो भानु जयन्ति ।

कार्यक्रम गोमा उप्रेती र काशी भूषालले संयुक्त रुपमा संचालन गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व अध्यक्ष चन्द्र तिहारीले गर्नुभएको थियो । कार्यक्रममा जीवन राना, कृष्ण सुबेदी, बिवेक लोहनी, आदर्शजंग पाण्डे, आशीष सापकोटा, सान अधिकारी सागर अधिकारी, गोपाल वली, प्रदिप तिमील्सीना लगाएतको बिशेष उपस्थिति रहेको थियो । कार्यक्रम लेकसाइड गोर्खाज, किंग्स्टनमा सॉंझ ६ देखि १० बजे सम्म भएको थियो ।

213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 गजल कविताले संझदै मनाइयो भानु जयन्ति ।
213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 गजल कविताले संझदै मनाइयो भानु जयन्ति ।
213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 गजल कविताले संझदै मनाइयो भानु जयन्ति ।

213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 गजल कविताले संझदै मनाइयो भानु जयन्ति ।

Total Page Visits: - Today Page Visits:
Shares