अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क्यानबेराले भानु जयन्तिको अवसर पारेर साहित्यिक कार्यक्रम गर्ने भएको छ । प्रत्येक बर्ष साहित्यिक बिशेष दिनहरु पारेर कार्यक्रम गर्दै आएको अनेसास क्यानबेराले गीत, गजल सहित लोकगीत पनि प्रस्तुत गर्ने भएको छ ।

गाला डीनर सहितको साहित्यिक कार्यक्रम को प्रमुख अतिथिमा बरिष्ठ साहित्यकार ज्ञानुवाकर पौडेल आउनुहुने भएको छ । बिशेष गरि नेपाली गजल र मुक्तक क्षेत्रमा उहॉंको नाम अग्र स्थानमा ऑंउछ । साथमा क्यानबेरा/क्विनबियनका स्थानिय साहित्यकारको उपस्थिति रहने छ । अनेसास क्यानबेराका अध्यक्ष चन्द्र तिबारीले बिदेशमा नेपाली भाषा र साहित्यको प्रवर्द्धन गर्ने र हामी भन्दा पछाडीको पुस्तालाइ पनि नेपाली भाषाको ज्ञान बढाउन साहित्यिक कार्यक्रमहरु भइरहन्छ पर्ने र यसका लागी आफुहरु सदैव तयार रहेको जानकारी दिनुभयो । कार्यक्रम सॉंझ ६ बजेदेखि सॉंझ ९ः३० बजेसम्म रहने कुरा महा-सचिव काशी भूशालले जानकारी दिदै कार्यक्रम डिनर सहित भएको हुनाले पनि अग्रिम नाम दर्ता गरि सहयोग गरिदिनुहुन पनि अनुरोध गर्नुभएको छ ।

39796E72-A8B2-4488-9B70-1189C7B5B21D-1024x1024 क्यानबेरामा मनाइदै भानु जयन्ती ।

कार्यक्रम १३ जुलाइका दिन बुधबार सॉंझ ६ बजेदेखि ९ः३० बजेसम्म लेकसाइड रेष्ट्रो किंगष्टनमा हुनेछ । कार्यक्रमलाइ एनआरएनए एसिटि, सफारी ट्राभल एण्ड टुर्स, एसबिए मोर्गेज सोलुसन, मानश्वि कलेक्सन, एक्सफोर्ड एजुकेशन एण्ड भिजा सर्भिसेज, जेबि माइग्रेसन एण्ड भीजा सर्भिस रहेका छन् । कार्यक्रमको थप जानकारीका लागी अनेसासका कार्यसमिति सदस्यहरुलाइ सम्पर्क गर्न संस्थाले अनुरोध गरेको छ । संस्थाले सहयोगको लागी $३५ अनुरोध गरेको छ ।

अनेसास एनएसडब्लुले पनि ९ जुलाइ सनिबारका दिन भानु जयन्ति मनाउने भएको छ । साथै अन्य राज्यहरुमा पनि भानु जयन्ति मनाउने तयारी भइरहेका छन् ।

Total Page Visits: - Today Page Visits:
Shares