नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण फलदायी र उपलब्धीमुलक भएकोबताएका छन् । आइतवार भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डासँगको भेटपछि अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।उनले भाजपा अध्यक्ष नड्डासँगको भेटमा भाजपाले गरिरहेको कार्यालय व्यवस्थापनको बारेमा कुराकानी गरेको बताए । 

213553E3-E1E4-4A7E-BCA9-8420D7E28FC5 कस्तो रह्यो प्रचण्डको भारत भ्रमण ।
https://successedu.com.au/

अध्यक्ष दाहालले कार्यालय व्यवस्थापनको बारेमा बुझ्दा आफू उत्साहीत भएको बताए । दुई पार्टी र दुई देशको सम्बन्ध बलियोबनाउनको लागि सम्बन्धलाई बिस्तार गर्ने कुरामा सहमति भएको उनको भनाइ छ । म भारत आएदेखि नै निकै राम्रो वातावरणमाफलदायी र उपलब्धीमुलक कुराकानी भइरहेको छ’, अध्यक्ष दाहालले भने, ‘दुई पार्टी र दुई देशको सम्बन्ध बलियो बनाउनको लागिराम्रोसँग सम्बन्ध बलियो बनाउनुपर्छ भन्ने नड्डाजीको प्रस्तावलाई मैले समर्थन गरेको छु । कहिले बिजेपी र कहिले माओवादीकोनिमन्त्रणामा नेपाल र भारतमा विभिन्न कार्यक्रमहरु संयुक्त रुपमा गर्ने भन्ने समझदारी पनि भएको छ ।’

अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भनिएपनि अहिलेसम्म समय र कार्यसूची निश्चित भइसकेको छैन । उनीतीन दिने भारत भ्रमण सकेर आज नै नेपाल फर्किने कार्यक्रम छ । 

स्रोत : नयॉं पत्रिका

Total Page Visits: 338 - Today Page Visits: 1
Shares