निगरानीमा जिन्दगीलाई दैनिक राखेको छु
आफ्ना भन्दा दुस्मन मैले नजिक राखेको छु

समयले ढिलो हिडिस भन्नु भन्दा पहिल्यै
घडी भित्र मेरो समय बेठिक राखेको छु

न छिमेकीले चिन्छ न म चिन्छु छिमेकिलाई
यस्तो लाग्छ छिमेक भरी सालिक राखेको छु

था’छ अरु आउँदैनन इश्वर कसो नआउँला
मन बुझाउन मन अझै आस्तिक राखेको छु

पिउन छोड मात्ने भए मलाई छोइ जाउ
सराब् भन्दा प्यारमा नशा अधिक राखेको छु ।

गणेश घिमिरे

पर्थ, अष्ट्रेलिया

 

Total Page Visits: - Today Page Visits:
Shares