रंग, उमंग र संगी संग यसपालीको तीज रंगीएको छ । सयौं नयॉं अनुहारहरु हर्षोउल्लासका साथ तीज मनाउन आएको देखियो । सनातन समाज अष्ट्रेलियाले बिहान १० बजेदेखि स्काउट हल वेष्टर्नमा थुप्रै पुराना अनुहारको बाहुल्यता देखियो भने सॉंझ आइपुग्दा फ्लोरी मन्दिरमा नयॉं अनुहारहरुको घुँइचो थियो ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 कस्तो रह्यो यसपालीको तीज ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/F4BD269C-928E-4FF3-981E-4EDF0E186781.jpeg?resize=244%2C65&ssl=1)
एउटा सवल पक्ष भनेको अव क्यानबेराको नेपाली समाजले आफनै मन्दिर चाहियो भन्ने भान भइसकेको रहेको ।हामी यतिबेला आफनै मन्दिरमा हामीले आफनै भाषाका पण्डितहरु संग पुजा गर्न पाएको भए अर्कै आन्नद हुने रहेछ खयर हामी धेरै टाढा छैनौं । बिहानै देखि स्काउट हलमा झण्डै ३०० जना भन्दा बढि भक्तजनहरुले पुजा गरेको देखियो भने बेलुका चार सय भन्दा बढि भक्तजनहरुको लाइन फ्लोरी मन्दिरको ढोका बाहिर सम्म देखिन्थ्यो । जे होस हामी जहॉं रहेपनि आफनो धर्म संस्कृति प्रति उत्तिकै लगाव राख्छौं भन्ने जवाफ आजको भिडले देखिएको छ । बिदेशी भूमिमा हामीले हाम्रो बेग्लै पहिचान बनाउन सक्यौं भने पनि भोलिका दिनमा नेपाली मन लिएर बिदेशी भूमिमा हाम्रो धर्मको, संस्कृतिको र भाषाको दियो बालिरहन सक्यौं भने त्यो हाम्रो लागी र भोलिको नयॉं पिढिंको लागी ठुलो अवसर हुनेछ ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 कस्तो रह्यो यसपालीको तीज ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/08/FF28ABAF-FAD2-4B7B-936A-6345D5BCB7A7.jpeg?resize=640%2C480&ssl=1)
चक्लामा पलेंटि कसेर पुग्दा गर्नेको लाइन होस या लाइन लागेर पुजा गर्नेको होस यसले हामी यो समाजमा हाम्रो संख्यानुसार पनि बढिरहेका छौं भन्ने आभाष दिएको छ भने संगसंगै धर्म प्रतिको आस्था पनि । जे होस सबै आमा तथा दिदि बहिनिहरुले रमाइलो गरि तीज मनाएको देखियो । यस्तै धर्म प्रतिको आस्था र बिश्वास कायम रहिरहोस ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 कस्तो रह्यो यसपालीको तीज ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/08/D50D541C-3925-44DD-9A0B-DDBC56C57690.jpeg?resize=368%2C234&ssl=1)
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 कस्तो रह्यो यसपालीको तीज ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/08/81BDC45F-FB36-46D0-B927-95FAD2384E78.jpeg?resize=358%2C268&ssl=1)
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 कस्तो रह्यो यसपालीको तीज ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/08/457C101F-1603-4A9C-B4F9-2D4F9D3FD3CB.jpeg?resize=365%2C273&ssl=1)
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 कस्तो रह्यो यसपालीको तीज ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/08/428F2774-31BF-4757-9FA1-F62724DCCD2A.jpeg?resize=363%2C182&ssl=1)
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 कस्तो रह्यो यसपालीको तीज ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/08/282F459B-1404-40F9-9D36-1E7C8B2EEEF8.jpeg?resize=640%2C479&ssl=1)
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 कस्तो रह्यो यसपालीको तीज ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/08/2315429E-9D73-42E1-BB0F-534551CA0B7D.jpeg?resize=640%2C479&ssl=1)