अष्ट्रेलियाको राजधानी क्यनवेरामा क्यानवेरा नेपलिज फुटबल क्लब ( CNFC) को आयोजनामा चौथो S&S र Right & Associates “नेपाल एम्बेसी कप २०२२” क्यानवेराको अष्ट्रेलियन इन्स्टिट्यूट अफ स्पोर्ट्स (AIS) को फुटबल मैदानमा १७ सेप्टेम्वरमा सम्पन्न भएको थियो । उक्त फुटबल खेलमा युनाईटेड फुटवल क्लव ले सेन्ट जर्ज नेपाली फुटवल क्लव लाई हराउँदै प्रतियोगितामा जीत हासिल गरेको थियो। विजय हासिल गर्ने क्लवले नगद अष्ट्रेलियन डलर ४००० सहित शिल्ड तथा मेडल प्राप्त गरेको छ भने उपविजेता सेन्ट जर्ज नेपाली फुटवल क्लवले नगद अष्ट्रेलियन डलर २००० सहित शिल्ड तथा मेडल प्राप्त गरेको थियो।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 कसले जित्यो नेपाल एम्बेसी कप फुटवल ?
https://successedu.com.au/

फेयर प्ले टिम: खुकुरी एफसी लिग कम नकआउट को आधारमा खेलिएको एकदिवसीय प्रतियोगिता अवधिभरका आधारमा उत्कृष्ट डिफेन्डर सेन्ट जर्ज नेपाली क्लबका शिव गिरी घोषित गरिएको थियो भने
उत्कृष्ट मिडफिल्डरः सन्तोष तामाङ युनाइटेड एफसी मेलबर्न
उत्कृष्ट किपरः विवेक अधिकारी युएफसीबाट,
सर्वोउत्कृष्ट गोलकर्ता र उत्कृष्ट खेलाडीः दर्शन गुरुङ युएफसीबा घोषित गरिएका थिए।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 कसले जित्यो नेपाल एम्बेसी कप फुटवल ?

प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि अष्ट्रेलियाका लागी नेपाली राजदुत महामहिम कैलास राज पोखरेल हुनुहुन्थ्यो भने अध्यक्षता आयोजक क्लब CNFC का अध्यक्ष सुरज पौडेलले गर्नुभएको थियो। कार्यक्रममा प्राविधिक तथा व्यवस्थापनको भूमिका क्लबका पूर्व अध्यक्ष आशिष सापकोटाले गर्नुभएको थियो भने कार्यक्रम अवधिभर स्वयंसेवक भुमिका क्लवका चुडामणी सापकोटा, सुलभ पोख्रेल, नवीन दाहाल, भविन्द्र तिलिजा लगायतका समुदायका सदस्यहरुले निर्वाह गर्नुभएको थियो। कार्यक्रमको अन्य व्यवस्थापनको भूमिका क्लबका सचिव प्रधुम्न दाहाल गर्नुभ‌एको थियो।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 कसले जित्यो नेपाल एम्बेसी कप फुटवल ?

खेल अवधीभर सहयोग गर्ने सम्पूर्ण विज्ञापनदाता, स्वयंसेवक, खेलाडीहरू तथा अतिथिहरु लाई क्लवले हार्दिक धन्यबाद तथा कृतज्ञता प्रकट गरेको छ ।

Total Page Visits: 1143 - Today Page Visits: 2
Shares