बडा दशैंको अवसर पारेर क्यानबेरामा बिशेष सॉंगीतिक कार्यक्रम हुने भएको छ । द एक्स ब्याण्ड, चर्चित पप गायक नबिन भट्टराइ, चर्चित यूवा गायक सुगम पोखरेल र गायक आदेश पौडेल सहितको टोलिले सॉंगीतिक रमाइलो गर्न लागेको हो ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेरामा दशैं बिशेष : दि एक्स बेण्ड, नविन भट्टराइ, सुगम पोखरेल र आदेश पौडेल ऑंउदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/F4BD269C-928E-4FF3-981E-4EDF0E186781.jpeg?resize=206%2C55&ssl=1)
एक्स ब्याण्डका ठाडो जाने उकालो, लुक्न देउ मलाइ, देखें तिम्लाइ हिजो राती सपनीमा लगाएतका गीत चर्चित छन् । नविन भट्टराइका सॉंझ पख, तिमीले हेर्दा, रातबित्यो हेर जस्ता गीतहरु श्रोताहरुका मन मुटुमा बस्न सफल छन् । त्यस्तै आधुनिक तथा सुगम स्वरका धनि सुगम पोखरेलको फेरि त्यो दिन, दशैं तिहार, सम्हालिन्छ, रहर छ संगै र भन्छु लगाएत दर्जनौं गीत चर्चित छन् ।
आयोजक बिशाल कणेंलले मेरो कपुरी क संगको कुराकानीमा एक्स ब्याण्डका सदस्यहरु र गायकहरुको पनि भीजा लागेको हुनाले कार्यक्रम हुने पक्का भएको बतॉंउदै अहिलेसम्मकै फरक कार्यक्रम हुन लागेको बताउनुभयो । आयोजक प्रदिप पाठकले हामीले सबै दर्शकहरुको रुचिलाइ ध्यानमा राख्दै खानाका स्टल, लुगाका स्टल सहित दशै बजार माहौल बनाउने कोशिस गरेको बताउनुभयो । टिकटको मुल्य पनि १५ डलर टिकट र डोर सेल २० डलर मात्रै रहेको हुनाले पनि सबैजनालाइ आउन सहज हुने बताउदै आयोजक कणेंलले क्यानबेरा तथा क्विनबियन वरपरका सबै नेपालीहरुको उपस्थिति रहने आशा एवं बिश्वास रहेको बताउनु भएको छ ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेरामा दशैं बिशेष : दि एक्स बेण्ड, नविन भट्टराइ, सुगम पोखरेल र आदेश पौडेल ऑंउदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/09/BAB2EC81-74F7-469D-A7FD-DE5616862477.jpeg?resize=640%2C603&ssl=1)
सक्सेज एजुकेशन एण्ड भीजा सर्भिस र क्यानबेरा इन्ष्टिच्यूट अफ एजुकेशन एण्ड टेक्नोलोजीको प्रस्तुतिमा हुन लागेको द दशैं फेष्टको पावर वाइ एसबिए मोर्गेज रहेको छ । कार्यक्रमलाइ दि रोयल नेपाल इभेन्ट र दि यात्री इभेन्ट्सले संयुक्त रुपमा गर्न लागेको हो । ग्रेहाउण्ड रेसिंग क्लव न्याराबुण्डामा हुने कार्यक्रम ३० सेप्टेम्बर २०२२ शुक्रबारका दिन दिनको २ बजेबाट हुनेछ ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेरामा दशैं बिशेष : दि एक्स बेण्ड, नविन भट्टराइ, सुगम पोखरेल र आदेश पौडेल ऑंउदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/09/B1DB9E83-382E-43D0-A953-352C3F1F0FDD.jpeg?resize=640%2C528&ssl=1)